आइतबार, वैशाख २३, २०८१

हावा-हुरीका कारण लुम्बिनी प्रदेशका मन्त्रीहरुको शपथ अवरुद्ध

नेपालखोज २०७९ माघ २९ गते १५:२२

काठमाडाैं । ठूलो हावा हुरीका कारण लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम रोकिएको छ । शपथग्रहण समारोहको निम्ति बनाइएको विशेष मञ्च भत्किएपछि कार्यक्रम रोकिएको हाे ।

हावा हुरी रोकिएपछि अर्को मञ्च बनाउने तयारी हुँदै छ । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा नियुक्त मन्त्रीहरुको आज दिउँसो १ बजे शपथग्रहण कार्यक्रम थियो । कार्यक्रमअगावै चलेको हुण्डरीले टाँगिएको पाल भत्काइदिएको छ ।

प्रतिक्रिया