मंगलबार, जेठ ८, २०८१

‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

नेपालखोज २०७९ पुष ७ गते १६:२०

काठमाडौं । छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उहाँको भनाइ छ । ‘चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ,’ उनले भने ।

हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

‘वितरकसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौँ । यसअघि ‘सिरिज’ जस्तै गरी दर्शकको माया पाउनेमा विश्वस्त छौँ,’ कार्यकारी निर्माता शर्माले भने ।

प्रतिक्रिया