आज देखि दिन छोटा हुँदै

नेपालखोज २०७९ पुष ८ गते ११:३२

काठमाडौं । विज्ञहरुका अनुसार आज डिसेम्बर २३ देखि सूर्यको उत्तरायणका कारण दिन लामो र रात छोटो हुन थाल्छ । हिजो २२ डिसेम्बर देखि सूर्य उत्तरायण भएका हुन । हिजो दिन लामो र रात छोटो थियो । २३ डिसेम्बर देखि सूर्य उत्तर तर्फ सर्ने हुनाले त्यसपछि दिन छोटो र रात लामो हुन थाल्छ। त्यसपछि २१ मार्च २०२३ मा दिन र रात बराबर हुन्छन ।

विज्ञहरुका अनुसार यस्तो परिवर्तन खगोलीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ । अहिले उत्तरी गोलार्धमा रहेका नेपाल लगायत सबै राष्ट्रबाट सूर्य सबैभन्दा टाढा छ । जसका कारण आज देखि दिन छोटो र रात लामो हुनेछ ।

आज पुस ८ गते दिन १० घन्टा ४१ मिनेट र रात १३ घण्टा १९ मिनेटको हुनेछ । आजपछि सूर्य क्रमश: उत्तरतर्फ आउन थाल्छ, जसलाई हामी उत्तरायण भन्छौँ । २१ मार्च २०२३ पछि यहि चक्र उल्टो घुम्न थाल्छ । त्यस दिन हामी दिन र रात बराबर भएको देख्न पाउँछौं भने त्यस पछि दिन लामा र रात छोटा हुन थाल्छन् ।

प्रतिक्रिया