चार्ल्स शोभराज रिहा

नेपालखोज २०७९ पुष ८ गते १६:०६

काठमाडौं । नेपालमा दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका चार्ल्स शोभराज १९ वर्ष ३ महिनापछि सुन्धरास्थित केन्द्रीय कारागारबाट रिहा भएका छन् । केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेका अनुसार उनलाई अध्यागमन विभागमा पठाइएको छ । अब शोभराजलाइ स्वदेश फिर्ता गर्ने प्रक्रिया अध्यागमनले अगाडि बढाउनेछ।

पाण्डेका अनुसार शोभराजले मिडियामा नआउने र कुनै प्रतिक्रिया नदिने बताएका छन् । उनलाई कारागारभित्रबाट कालिकास्थानस्थित अध्यागमन विभागमा लगिएको थियो ।

बुधबार सर्वोच्च अदालतले ‘बिकिनी किलर’, ‘सिरियल किलर’ र ‘द सर्पेन्ट’ जस्ता उपनामले चिनिने फ्रान्सेली नागरिक शोभराजलाई १५ दिनभित्र रिहा गर्न र फ्रान्स पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया