शुक्रबार, जेठ ३, २०८२

फ्लासब्याक २०२२ : गुगलमा सर्वाधिक खोजिएको घरेलु उपचार

नेपालखोज २०७९ पुष ९ गते १५:००

काठमाडाैं । सन् २०२२ समाप्ती तिर अघि लागेको छ र केही दिनमै नयाँ वर्ष आउँदैछ । त्यसैले हामीले वर्ष – २०२२ मा सबैभन्दा धेरै खोजिएको घरेलु उपचारको सूची तयार गरेका छौं । ठूला रोगदेखि लिएर स्वास्थ्यसँग सम्बन्धित सानातिना समस्याहरू निको पार्न मानिसहरुले विभिन्न प्रकारका घरेलु उपाय अपनाउँदै आएका छन् । यसका लागि गुगल सर्च गर्नु पनि सामान्य भैसकेको छ ।

यो वर्ष गुगलमा धेरै रोगहरूका लागि अनेकन घरेलु उपचार खोजियो। त्यसमा पनि सबैभन्दा धेरै खोजी गरिएका समस्याहरू के थिए ? हेरौं मानिसहरुको खोजको यो सुची :

लुज मोशन : इन्टरनेटमा सबैभन्दा धेरै खोजिने घरेलु उपचार मध्ये एक हो लुज मोशनका लागि घरेलु उपचार । यो एक किसिमको पाचन समस्या हो । पखाला लाग्ने यो समस्या निकै असहज पनि हुन्छ भने यसमा तुरुन्तै उपचार गराउनु आवश्यक छ ।

पेट दुख्ने समस्या : पेटका समस्याहरू खान पिन सँग सम्बन्धित हुन्छन् र यीनले मानिसहरुलाइ पिरोलिरहन्छन । खानपिनको तलबितलका कारण यो वर्ष मानिसहरूले निकै कष्ट भोग्नुपरेको देखिन्छ किनभने पेट दुख्ने समस्याका लागि घरेलु उपचार खोज्नेहरु गुगलमा दोस्रो नम्बरमा रहे । पेट दुख्ने समस्याबाट मुक्त हुन दही खानुपर्छ, मसलादार खानेकुराबाट टाढा रहनुपर्छ, अदुवाको चिया पिउनुपर्छ, फाइबरको मात्रा बढाउनुपर्छ, ग्यास उत्पादन गर्ने तरकारीहरु खानु हुँदैन , क्यामोमाइल चिया पिउनुपर्छ, पुदिना तथा अन्य पेयपदार्थ सेवन गर्नुपर्छ ।

ज्वरो : ज्वरो एउटा अवस्था हो । जब व्यक्तिको शरीरको तापक्रम सामान्य भन्दा बढी हुन्छ तब यसको उपचार खोजिन्छ । यदि ज्वरो आएको छ भने राम्रोसँग आराम गर्नुपर्छ, प्रशस्त तरल पदार्थ पिउनुपर्छ, चिसो वा तातो बिच सन्तुलन कायम राख्नुपर्छ । यसमा लिन्डेन चिया, विलो बार्क चिया पिउन सकिन्छ ।

दाँतको पीडा : गुगलमा अर्को सबैभन्दा धेरै खोजिएको घरेलु उपचार दाँतको दुखाइको हो। यदि दाँत दुखेको छ भने सबैभन्दा पहिले समस्याको मूल कारण पत्ता लगाउनु पर्छ । यदि सानोतिनो असुविधा छ भने, नुन पानी कुल्ला, चिसोबाट जोगिने , पेपरमिन्ट चिया सेवन , लसुन, ल्वाङ आदिको घरेलु उपचार प्रयास गर्न सकिन्छ।

पायल्स : पायल्समा धेरै प्रकारका समस्या आउँछन् । यो रोगमा धेरै दुख्ने, रगत बग्ने र चिलाउने हुन्छ । पायल्सको घरेलु उपचार पनि सन् २०२१ मा सबैभन्दा धेरै खोजिएको घरेलु उपचारको सूचीमा समावेश छ। फलफूल, होल ग्रेन, ब्रोकाउली, आर्टिचोक, बेल , खोर्सानी , ज्वानो , काकडी, खरबुजा, नाशपाती, स्याउ, रास्पबेरी, केराको प्रयोग बाट पायल्सको समस्याम केही राहत प्राप्त गर्न सकिन्छ।

ग्यास : यो सूचीमा अर्को समस्या पनि पेट सँग नै सम्बन्धित छ। सन् २०२२ मा मानिसले ग्यासको समस्याको घरेलु उपचार निकै खोजेका छन । जब पेटमा ग्यास भरिन्छ तब निकै कष्टदायक पिडा हुन्छ। त्यसैले मानिसहरु जतिसक्दो चाँडो यसबाट राहत प्राप्त चाहन्छन ।

प्रतिक्रिया