आइतबार, वैशाख २३, २०८१

सरकार !

सुजम्बर सम्भव २०७९ पुष ९ गते १४:५२


पशुपति पुकारेर
हलेसी भाकेर
प्रकृति पुजेर
खृष्ट, बुद्ध, महादेव
अनि सुम्निमा पारुहाङलाई
भाकल राखेर
एक थान वृद्ध शिशु जन्मिन्छ
जसको नाम
सगौरव राख्छौं-सरकार!

बल्झेर बलिदान विकृतिको बाढीमा
अल्झेर तपस्या भ्रष्टाचारको झाँडीमा
ऊ, पठाउछ वृद्धाश्रमा
आफ्नै आमालाई,
चुसेको आमाको लाम्टा
हुर्केको आमाको काख
बेचिदिन्छ बधशालामा-काटिनलाई
छोडीदिन्छ बेश्यालयमा-लुटिनलाई
सगौरव भन्छौं उसलाई- सरकार!

उसको जन्मको लागि
उसको दिर्घायुको लागि
जुन आमाले देवालयमा
त्रिशुल चढायो
त्यही त्रिशुलले आमाको मुटुमा रोप्यो,
जसले,मारीदिन्छ ईश्वर-भुतको भविष्य बनाउन
भत्काईदिन्छ देवालय- भविष्य भुतलाई सुम्पिन
जसरी माकुराले आमालाई सिध्याउँछ,
त्यसरी हुर्किएको केही थान मनुवाहरुलाई
हामी सगौरव भन्दछाैं- सरकार।

हिलाम्मे पोखरीमा
जसरी फूल्दछ कमलको सुन्दर फूल,
तिर्खाहरुको माझमा
भोकहरुको माझमा
एउटा अघाएको पेटसहित
एकथान फूल फूल्दछ,
त्यसलाई हामी सगौरव भन्छौं- सरकार!

प्रतिक्रिया