क्रिसमसको बीचमा ‘ब्लिजार्ड’ले अमेरिकालाई दियो समस्या

काठमाडाैं । क्रिसमसको तयारीको बीचमा अमेरिकामा हिमपातले मानिसहरु समस्यामा परेका छन् । हजारौं उडानहरू रद्द भएका छन् भने सडकहरूमा हिउँको बाक्लो तह जमेको छ । चाडपर्वको यो व्यस्त सिजनमा मानिसहरु आफन्त एवं साथीभाइसम्म पुग्न सक्ने स्थिति छैन् ।

यसबीच, मौसमविद्हरुले यो वर्ष सबैभन्दा चिसो क्रिसमस हुने आशंका व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवा (NWS) ले देशका केही भागमा माइनस ४५ डिग्री सेल्सियस तापक्रमको सामना गर्नुपर्ने हुन सक्ने बताएको छ । युनाइटेड , डेल्टालगायत धेरै एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान रद्द गरेका छन् ।

आँधीका कारणले हवाई उडान कार्य रद्द गरिएको हो । उता अमेरिकाको शिकागोमा पनि आँधीका कारण मानिसहरु निकै त्रसित छन् । यहाँ सडकबाट हिउँ हटाउने काम सुरु भएको छ । कोलोराडोमा ट्रकहरूको लामो लाइन देखिन्छ ।

अमेरिकाका अधिकान्स राज्यमा मानिसहरूलाई घरभित्रै बस्न अपील गरिएको छ। मौसम तीव्र गतिमा बिग्रदै गएकाले यो आँधीलाई ‘बम स्टर्म’ नाम दिइएको छ । यता कतिपय ठाउँमा प्रतिकुलताका बाबजुद पर्यटकहरू क्रिसमस उत्सवमा रमाएको पनि देख्न पाइन्छ । स्रोत : बीबीसी

प्रतिक्रिया