कसले नेतृत्व गर्ने भन्ने विषयकाे टुंगो लगाउन गठबन्धनकाे बैठक भोलि बस्दै
नेपालखोज
२०७९ पुष ९ गते १९:४४

काठमाडाैं । सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा काे बन्ने भन्ने टुंगिएको छैन ।
बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद नरहेको बताए ।
उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको उल्लेख गर्दै कसले नेतृत्व गर्ने भन्ने विषय भोलि बस्ने बैठकले टुंगो लगाउने बताए ।
सम्बन्धित
प्रतिक्रिया