अभिनेता विवेक ओवरोय फर्किए
नेपालखोज
२०७९ पुष १० गते ७:४४

काठमाडौं । १० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय स्वदेश फर्किएका छन् । उनी मंसिर २८ गते नेपाल आएका थिए । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोय आज स्वदेश फर्किएका हुन् । व्यवसायी यादवले आफ्नै खर्च र पहलमा विवेकलाई नेपाल ल्याएकी हुन् ।नेपालमा रहँदा उनले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका थिए ।
ओवरोयले नेपालमा हुँदा पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर समेत गरेका थिए ।यस्तै उनले पोखरामा रहेको अन्नपूर्ण केबलकारको भ्रमण गरेका थिए । ओवरोयले नेपाल बसाइका क्रममा यहाँको खाना एकदमै मिठो लागेको बताएका छन् ।फेरि पनि नेपालको भ्रमणमा आउने ओबरोएले बताए ।
व्यवसायी यादवले आबरोयको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
सम्बन्धित

प्रतिक्रिया