शनिबार, असोज २६, २०८१

गौ संरक्षणमा सांसद

नेपालखोज २०७९ पुष १० गते १४:४२

काठमाडाैं । असहाय गाईबाछा संरक्षण अभियानले पुस १० गते नवनिर्वाचित सांसदहरुको सम्मानमा एक स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रतिनीधि सभाका ४ जना र प्रदेश सभाका एकजना सांसदको उपस्थिती रहेको थियो ।

सो अवसरमा बझाङ्ग जिल्लाबाट निर्वाचित मा. बद्री पाण्डे, काठमाडौंबाट निर्वाचित मा. सन्तोष चालिसे, समानुपातिक सांसद मा. शान्ति श्रेष्ठ र मा. प्रतिमा गौतम तथा प्रदेश सभा सांसद मा. बिमल ठकुरीले अबको संसद अधिबेशनमा सडकमा अलपत्र पारएका गाईबाछाहरुको अधिकार र उनीहरुको संरक्षणको पक्षमा कानून निर्माणार्थ सदनमा आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा आचार्य श्री महेन्द्रले नेपाली संस्कारमा गौरक्षाको महत्वका बारेमा प्रकाश पारेका थिए ।

अभियानको उचार चढाव र यस्को आबश्यक्ताका बारेमा अभियानमा संस्थापक उत्तम पुडासैनीले जानकारी गराएका थिए । सो अवसरमा संस्थाका कोषाध्यक्ष भगवान पुडासैनीले समते अभियानका बारेमा जानकारी गराएका थिए ।

असहाय गाईबाछा संरक्षण अभियानले सडकमा अलपत्र पारिएका गाईबाछाहरुको संरक्षण गर्दै उनीहरुका लागि खाना, छाना, उपचार र मायाको प्रबन्ध मिलाउँदै आएको छ । खुल्ला आकाशमा अबोध गाईबाछाले एक रातपनि बिताउनु नपरोस भन्ने उदेश्य सहित सडकमा अलपत्र अवस्थामा रहेको गाईबाछाको उद्धार र उनीहरुको पालन पोषण गर्दै आएको छ । यसबखत आश्रयस्थलमा झण्डै २०० असहाय गाईबाछाले सम्मानित जिबन बिताईरहेका छन्।

प्रतिक्रिया