माओवादी केन्द्रकाे पदाधिकारी बैठक जारी
नेपालखोज
२०७९ पुष ११ गते ९:४२
काठमाडाैं । नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेकाे हाे । बैठकले नयाँ सरकारमा माओवादी केन्द्रकाे भाग पर्ने मन्त्रालय र मन्त्रीहरूकाे नामका बारेमा छलफल गर्ने बताइएकाे छ ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन् । प्रधानमन्त्रीकाे शपथसँगै सानाे आकारकाे मन्त्रिपरिषद् गठन हुनेछ । पहिलो चरणमा सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाउन अहिले माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेकाे हाे ।
सम्बन्धित
प्रतिक्रिया