शुक्रबार, असोज २५, २०८१

प्रदेश नं १ को प्रमुख परशुराम खापुङद्धारा राईलाई मुख्यमन्त्रीको जिम्वेवारी

नेपालखोज २०७९ पुष ११ गते १६:४९

विराटनगर । प्रदेश नं. १ का माननीय प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार प्रदेश नं. १ मा रिक्त रहेको खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई तोकेका छन् ।

नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) को अवस्था परी रिक्त हुन आएपछि प्रदेश नं. १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईज्यूको मिति २०७९ पुस ७ गते प्रदेश प्रमुख कहाँ सिफारिस गरेका थिए ।

निवर्तमान खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राई खोटाङबाट संघीय सांसदमा निर्वाचन भएपछि उक्त मन्त्रालय रिक्त रहेको थियो ।

प्रतिक्रिया