शनिबार, जेठ ५, २०८१

संसारका सबैभन्दा लोकप्रिय तीर्थ स्थल

नेपालखोज २०७९ पुष १२ गते ७:२४

काठमाडाैं । विश्वभर कोरोनाभाइरससँग सम्बन्धित अधिकांश प्रतिबन्धहरू हटाइएको छ र पर्यटन बढिरहेको छ । आउनुहोस् हेरौं संसारका सबैभन्दा लोकप्रिय तीर्थस्थलहरू जहाँ लाखौं मानिस नियमित रूपमा भ्रमण गर्छन् ।

सेन्ट पिटर बासिलिका, इटाली : सयौं वर्षदेखि क्याथोलिक क्रिस्चियन धर्मावलम्बीहरु सेन्ट पिटर बासिलिका हेर्न विश्वका कुना–कुनाबाट रोम पुग्ने गरेका छन् । यो चर्चलाई पिटर द एपोस्टल भनेर चिनिन्छ। उनको चिहान यही चर्च मुनि रहेको विश्वास गरिन्छ । हरेक वर्ष करिब दुई करोड मानिस यो धार्मिक स्थलको तीर्थयात्रामा जान्छन्, जसका कारण यो विश्वको सबैभन्दा लोकप्रिय तीर्थस्थल हो।

चर्च अफ द होली सेपुल्चर, जेरुसेलम : इस्लाम, ईसाई तथा यहूदी धर्मले जेरुसेलमलाई पवित्र शहर मानेका छन । टेम्पल माउन्ट जहाँ जेरुसेलमको पहिलो मन्दिर अवस्थित थियो, यहूदी धर्मको सबैभन्दा पवित्र स्थल मानिन्छ। त्यहाँ अल-अक्सा मस्जिद पनि छ, जसलाई इस्लामको तेस्रो पवित्र स्थल मानिन्छ । यहाँबाट नजिकै चर्च अफ द होली सेपल्चर छ, जहाँ ईसाईहरू येशू ख्रीष्टको खाली चिहान हेर्न जान्छन् ।

स्यान्टियागो डे कम्पोस्टेला, स्पेन : कोरोनाभाइरसको महामारी आउनु पहिले सम्म क्यामिनो डे सान्टियागोको तीर्थयात्रामा प्रत्येक वर्ष २० लाख भन्दा बढी तीर्थयात्री पुग्थ्ये । सान्टियागो डे कम्पोस्टेलाको भ्रमण गर्ने तीर्थयात्रीहरूको संख्या अहिले फेरि बढेको छ तर यो तीर्थस्थल पहिलेको जस्तो छैन । यहाँ कोलाहल, फोहोर र तोडफोड बढेको स्थानीयले गुनासो गर्न थालेका छन् ।

लुस, फ्रान्स : फ्रान्सको लुर्डेस स्थित ग्रोट्टी अफ मसाबिएलको पानीमा उपचारात्मक गुणहरू छन् भन्ने विश्वास गरिन्छ । १८५८ मा एक १४ वर्षीय केटाले भर्जिन मरियमले उनलाई दर्शन दिएको दावी गरेका थिए । त्यतिबेलादेखि नै शहरमा उपचार सम्बन्धी विभिन्न चमत्कारहरूको दावी गरिदै आएको छ । आज पनि यहाँ हरेक वर्ष करिब ५० लाख मानिस आउँछन् ।

मक्का, साउदी अरेबिया : हरेक वर्ष करिब २० लाख मुस्लिम वार्षिक हज यात्राका लागि साउदी अरबको मक्काको भ्रमण गर्छन् । मक्कालाई हजरत मुहम्मदको जन्मस्थल तथा इस्लाम धर्मको सुरुवात भएको ठाउँ मानिन्छ । भक्तजनको भीडलाई व्यवस्थित गर्न यहाँ विस्तृत व्यवस्था गरिन्छ । कोरोना भाइरसको महामारीका बेला केही हजार साउदी नागरिकलाई मात्र हजका लागि अनुमति दिइएको थियो ।

लुम्बिनी, नेपाल : लुम्बिनीलाई बौद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतमको जन्मस्थल मानिन्छ । यो सानो सहर भारतको सिमाना नजिक हिमालय पहाडको फेदमा अवस्थित छ । मायादेवी मन्दिरमा हरेक वर्ष गौतम बुद्धको दर्शन गर्न हजारौं भक्तजनको भीड लाग्ने गर्दछ ।

स्टोनहेन्ज, ग्रेट ब्रिटेन : हरेक वर्ष ग्रीष्मकालीन संक्रातिको समयमा थुप्रै पर्यटकहरूले दक्षिणी बेलायतको स्टोनहेन्ज भ्रमण गर्छन् । तिनीहरू सबै स्टोनहेन्जको विशेष वातावरण महसुस गर्न उत्सुक हुन्छन् । यो भवन नवपाषाण युग र कांस्य युगको बीचमा निर्माण गरिएको थियो । यहाँ हरेक वर्ष करिब १५ लाख मानिस आउँछन् ।

प्रतिक्रिया