संसदको पहिलो बैठक पुस २५ गते बस्ने

नेपालखोज २०७९ पुष १२ गते १६:२८

काठमाडौं । संसदको पहिलो बैठक पुस २५ गते बस्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय लिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसद बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए । जसअनुसार आगामी पुस २५ गते दिउँसो १ बजे संसद बैठक बस्नेछ।

प्रतिक्रिया