जोसँग डिभोर्स भयो त्यसैसँग फेरि विवाह : नेता विश्वकर्मा
नेपालखोज
२०७९ पुष १२ गते १७:२५

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले ओली र प्रचण्डलाई कटाक्ष गर्दै जोसँग डिभोर्स भयो त्यसैसँग पुनः विवाह भएको घटना नदेखेकाले आफूहरु आश्चर्यचकित भएको बताएका छन् ।
उनले भने, ‘बालुवाटार बैठकबाट एकछिन भनेर निस्कनुभएको प्रचण्डजी एकैछिनमा बालकोट पुगेर परिस्थिति अर्कै बनाए । गठबन्धन दलले राजनीतिक स्थितरता सोचेका थियौँ । उहाँले दुभाग्यपूर्ण घटना घटाउनुभयो ।’ विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एक महिना भन्दा बढी नटिक्ने दाबी समेत गरेका छन् ।
आज (मंगलबार) काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार गठन भएपनि राजनीतिक स्थायित्व कायम हुन मुस्किल भएको बताए । विश्वकर्माले प्रचण्डले नेपाली राजनीतिमा अस्थिरता निम्त्याएको आरोप पनि लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया