वायु प्रदुषणको विकराल अवस्था

डा. रवीन्द्र पाण्डे २०७९ पुष १३ गते ७:५६

काठमाडौं । उपत्यका लगायत देशका विभिन्न स्थानमा वायु प्रदुषणको अवस्था छ । जाडो महिना लागे पछि प्रदुषणको स्तर पनि अझ बढ्छ । प्रदुषण छालाको एलर्जी, श्वासप्रश्वासको एलर्जी, आँखाको एलर्जीदेखि प्राणघातक क्यान्सर, फोक्सोको रोग, मुटुको रोग तथा मस्तिष्कको रोगको प्रमुख कारक प्रदुषण भएको तथ्य हामीले बिर्सिनु हुँदैन ।

प्रदुषण न्यूनीकरणका लागि सरकारले तात्कालिक रुपमा आम नागरिकलाई घरमै बस्न आग्रह गर्ने, स्कुल तथा कलेजमा बिदा दिने, यातायातका साधनलाई केहि समयको लागि जोरबिजोर प्रणाली अनुसार संचालन गर्ने, मालबाहक ट्रकलाई रातिमा मात्र चल्न दिने, मास्कको प्रयोगमा कडाइ गर्ने, सार्वजनिक कार्यक्रम नगर्ने आदिमा जोड दिनुपर्छ ।

दीर्घकालीनरूपमा प्रदुषण समाधानका लागि :

१. वृक्षारोपण कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने ।

२. हरेक घरमा अक्सिजन प्रचुर दिने खालका बोटबिरुवा रोप्न सहजीकरण गर्ने, छत तथा गमलामा तरकारी / फलफूल / फूल रोप्नको लागि स्थानीय निकायले माटोको गमला उपलब्ध गराउने तथा हरेक चोकमा अक्सिजन प्रचुर दिने पिपलको रुख लगाउने कार्य संचालन गर्ने ।

३. सानो ठाउँ हुनेले घ्यूकुमारी, तुलसी, निम, मनि प्लान्ट लगायत लगाउने ।

४. डांडापाखामा भइरहेको डोजर आतंक बन्द गर्ने । हरेक डांडामा प्लटिंग रोक्ने, स्थानीय निकाय मार्फत ब्यापक वृक्षारोपण गर्ने ।

५. प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने ।

६. जनसंख्याको चाप भएका जिल्लामा तथा उक्त स्थानमा हावा प्रवेश गर्ने दिशामा रहेका सम्पूर्ण इट्टाभट्टा बन्द गरेर अन्य स्थानमा प्रतिस्थापन गर्ने ।

७.  बसपार्कलाई नागढुंगामा सार्ने ।

८. उपत्याका भित्रिने सवारीसाधनलाई नागढुंगामा धोएर मात्र प्रवेश गर्ने ब्यबस्था मिलाउने ।

९. मापसे चेक गरेजस्तै हरेक सवारीसाधनको बिभिन्न ठाउँमा चेक जांच गर्ने । प्रदुषणको मापदण्ड अनुसार नभए मर्मत गरेर मात्र चलाउन अनुमति दिने । पुराना सवारीसाधनलाई बिस्थापित गर्ने ।

१०. विद्युतीय सवारीसाधनमा भन्सार छुट गर्ने, प्रयोगको प्रबर्धन गर्ने ।

११. रुटमा चल्ने गाडी लामा वा दुइतले तथा विद्युतीय मात्र हुनुपर्ने ।

१२. फोहोरमैला ब्यबस्थापन समयमै गर्ने ।

प्रतिक्रिया