सोमबार, वैशाख ३१, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ पुष १३ गते १०:३६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन भाउ बढेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया