मन्त्री परिषदका ५ सदस्य आज मन्त्री क्वाटर सर्दै

काठमाडौं । नवनियुक्त ५ जना मन्त्रीले मन्त्री क्वाटरमा आफू बस्ने घर छनौट गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, मन्त्रीहरू ज्वाला साह , राजेन्द्र राई तथन दामोदर भण्डारीले ललितपुरको पुलचोकस्थित मन्त्री क्वाटरमा बस्न आज घर सर्ने तयारी गरेका छन् ।
ललितपुर , भैसेपाटी स्थित नयाँ मन्त्री क्वाटरको निर्माण सम्पन्न नभैसकेकाले नयाँ सरकारका मन्त्रीहरू पुलचोककै क्वाटरमा बस्न लागेका हुन् ।
मन्त्री क्वाटरमा बस्ने मन्त्रीहरूलाइ आवास, फर्निचर, खानेपानी, तातो( चिसो , इन्टरनेट आदिको सुविधा हुनेछ भने किचेनका सामान र सिरक डस्ना जस्ता कपडा भने आफैँले व्यवस्था गर्नुपर्नेछ । मन्त्रीमण्डलमा रहने २५ जना मन्त्री सम्मका लागि सरकारी आवास उपलब्ध हुन्छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्छन भने अन्य मन्त्री तथा राज्यमन्त्रीले भने भाडाको घरमा बस्नुपर्छ। उनीहरूका लागि घरभाडा, खानेपानी तथा इन्टरनेटका लागि रकम भुक्तानी गर्ने व्यवस्था छ ।प्रधानमन्त्री प्रचण्ड पनि चाडैं नै सरकारी निवास बालुवाटार सर्ने कार्यक्रम छ ।

प्रतिक्रिया