मंगलबार, वैशाख २५, २०८१

११ अंकले नेप्से घट्दा दुई अर्ब १५ करोडको सेयर किनबेच

नेपालखोज २०७९ पुष १३ गते १५:२५

काठमाडौं । अघिल्लो दुई दिन लगातार उच्च अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन बुधबार भने घटेको छ । अघिल्लो दिन झण्डै ६० अंकले बढेको नेप्से आज (बुधबार) ११ दशमलव ८१ अंकले घटेर १९ सय ७२ दशमलव १५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७२ अंकले घटेर तीन सय ८१ दशमलव ३२ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार ६ सय ६० पटकको कारोबारमा ६५ लाख ३० हजार चार सय १५ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब १५ करोड ३५ लाख ४७ हजार दुई सय सात रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये जलबिद्युत समूहको सूचक १५ दशमलव १८ अंकले बढेर २१ सय ४९ दशमलव ८३ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि पाँच दशमलव २४ अंकले बढेर नौ हजार ६ सय ९६ दशमलव १६ अंकमा चढेको छ ।

निर्जिवन बिमा समूहको सूचक पनि नौ दशमलव ८० अंकले बढेर सात हजार नौ सय ४६ दशमलव २३ अंकमा चढेको छ । फाइनान्स र सामूहिक लगथानी कोष समूहको सूचक पनि बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने १३ दशमलव ४४ अंकले घटेर १३ सय ४१ दशमलव ३१ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक पनि ३३ दशमलव ९६ अंकले घटेर तीन हजार चार सय ८१ दशमलव ८६ अंकमा झरेको छ । यसैगरी होटल तथा पर्यटेन, लघुवित्त, उत्पादनमुलक, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज सेन्ट्रल फाइनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय २२ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा महुली लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव २० प्रतिशतले घटेर एक हजार २० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता आठ सय ३४ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा आठ करोड ८५ लाख ९१ हजार दुई सय ७४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया