सोमबार, वैशाख २९, २०८२

नेपाली जाली नोट सहित एक व्यक्ति पक्राउ

नेपालखोज २०७९ पुष १३ गते २१:००

काठमाडौं । नेपाली जाली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले बारा जिल्लाको आर्दश कोटवाल गाउँपालिका वडा नं ५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ४, रातोपुल बस्ने ४९ बर्षिय पप्पु भन्ने शेख निसम अख्तर पक्राउ परेका हुन ।

उक्त कार्यालयका अनुसार काठमाडौंको तारकेश्वर सानोपुल एरियाको आसपासमा बिभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्धे सरह चल्तीमा ल्याई कारोबार गर्न गरेको भन्ने गोप्य सुचनाको आधारमा अनुसन्धान गर्दा ति व्यक्ति पक्राउ परेका हुन् ।

निगरानी गर्दे जाँदा कार्यालयबाट खटिएको प्रहरी टोलीले अख्तरलाई नेपाली जाली नोट सहित मंंगलबार काठमाडौंको तारकेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका अख्तरलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ को मुद्धा सम्बन्धी कसुरमा थप अनुसन्धानको लागि प्रहरी वृत बालाजुमा पठाइएको छ ।

प्रतिक्रिया