आहा ! रारा पोखरा गोल्डकप आज देखि
काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा आज पुस १४ देखि ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिता प्रारम्भ हुँदैछ । यो प्रतियोगिता पुस २३ गतेसम्म सञ्चालन हुने बताइएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ संचालन हुने २२औँ संस्करणको यो फुटबल प्रतियोगिताका खेल पोखरा फुटबल रङ्गशालामा हुनेछन ।
यो प्रतियोगितामा एक विदेशीसहित १० टिमलेले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष हरिराम९सुरज० गुरुङले जानकारी दिनुभएको छ । गुरुङका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
यो प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब तथा सहारा क्लब पोखराले सहभागिता जनाउँदै छन । यस पटक यो गोल्डकपको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले १२ लाख तथा उपविजेताले ६ छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन भने सर्वाधिक गोलकर्ताले २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ ले आठ हजार पुरस्कार प्राप्त गर्नेछन ।
प्रतिक्रिया