मंगलबार, वैशाख २५, २०८१

५६ अंकले बढ्याे नेप्से, दुई अर्ब ८६ करोडको काराेबार

नेपालखोज २०७९ पुष १४ गते १५:३३

काठमाडौं । नेप्सेले पुन: छलाङ मारेको छ । अघिल्लो दिन झण्डै १२ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार पुन: ५६ दशमलव ८८ अंकले बढेर दुई हजार २९ दशमलव तीन अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ९८ अंकले बढेर तीन सय ९१ दशमलव ३१ अंकमा चढेको छ । दुई सय ५७ वटा कम्पनीहरुको ४५ हजार नौं सय ४४ पटकको कारोबारमा ८० लाख २४ हजार पाँच सय ५९ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम दुई अर्ब ८६ करोड तीन लाख ४५ हजार सात सय ८१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार हुँदा सबै समूहरुको सूचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २४ दशमलव ४७ अंकले बढेर १३ सय ६५ दशमलव ७८ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय १६ दशमलव ५५ अंकले बढेर तीन हजार पाँच सय ९९ दशमलव ५८ अंकमा पुगेको छ ।

जलविद्युत समूहको सूचक पनि एक सय पाँच दशमलव ७४ अंकले बढेर २२ सय ५४ दशमलव ६५ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि तीन सय ८५ दशमलव ५८ अंकले बढेर १० हजार ८१ दशमलव ७४ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ४८ दशमलव ५३ अंकले बढेर आठ हजार दुई सय ९४ दशमलव ७५ अंकमा चढेकोमा फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ३४ रुपैंयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल बैंक ऋणपत्र २०८७ को प्रतियुनिट सेयर मुल्य तीन दशमलव ९५ प्रतिशतले घटेर आठ सय ११ रुपैंयाँ १० पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता चार हजार छ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड १४ लाख ७१ हजार पाँच सय ३३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया