प्रभु बैंकले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्तावसहित सेञ्चुरी कर्मसियल बैंकको १२औं वार्षिक साधारणसभा सकियाे
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १२औं वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडाैंमा बैंकले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले सेयरधनीहरुलाई आ.व. २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजी रकम नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार एक सय ९८ रुपैयाँ मध्येबाट चार दशमलव ७५ प्रतिशते बोनस सेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८÷७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूची पारित गरेको छ । सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्तावसमेत पारित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ९७ अर्ब २९ करोड र कुल कर्जा रकम ८७ अर्ब ४५ करोड रुपैंयाँ परिचालन गरी ३१ करोड ८५ लाख रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ ।
प्रतिक्रिया