सोमबार, पुष ७, २०८२

सिद्धार्थ बैंकको एक करोड बिमा सुविधासहितको श्रीवृद्धि प्लस मुद्दती खाता

नेपालखोज २०७९ पुष १४ गते १७:२५

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा एक करोड रुपैयाँसम्मको म्यादीजीवन बिमा सुविधा प्राप्त गर्न सकिने नविनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ । व्यक्तिगत ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यो मुद्दती योजना अन्र्तगत न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ ।

बैंकका अनुसार यो मुद्दती योजनामा ग्राहकवर्गहरुले निक्षेप रकमको दुई गुणा सम्मको प्रतिफल प्राप्त गर्न सकिने छ । यसका अतिरिक्त, पहिलो वर्षको लागि निस्शुल्क युएनओ क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सकिने छ । यो मुद्दती योजनाको बिमा साझेदार महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड रहेको छ ।

ग्राहकवर्गहरुले सिद्धार्थ बैंककोे सबै शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ वटा एटीएम्, ११८ शाखारहित बैंकिङ सेवा र १,८०० भन्दा बढी पिओएस् मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टल मार्फत समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया