शुक्रबार, जेठ ४, २०८१

यस्ता मोबाइल आज देखि नचल्ने

नेपालखोज २०७९ पुष १५ गते ६:३७

काठमाडौं । (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । यस अघि पुस ९ मै एक सूचना जारि गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको थियो ।

मोबाइल सेटको गैरकानुनी आयात , बिक्री तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका वा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले परीक्षणका रूपमा एमडीएमएस प्रणाली लागू गरिसकेको छ ।

विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटहरू यसरी पहिले नै दर्ता गराउनुपर्ने कुरा प्राधिकरणले जनाएको छ । यसका लागि मोबायलमा भएको १५ डिजिटको नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन – २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिइ प्रणालीमा अद्यावधिक गर्नुपर्छ ।

नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट आउँदो पौष १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन पत्रसहित राहदानी , नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा मात्र एमडीएमएसमा गइ दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

नेपाल भित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए – नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले सुझाब दिएको छ भने मोबाइल आयातकर्ता तथा बिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिइ प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न समेत भनेको छ ।

प्रतिक्रिया