आइतबार, जेठ ६, २०८१

सन् २०२३ का लागि टेरो राशिफल

नेपालखोज २०७९ पुष १५ गते ७:३५

हरेक व्यक्ति आफ्नो भविष्यका बारेमा जान्न चाहन्छन । विभिन्न देशमा भविष्य जान्ने अनेकौं तरिका वा उपाय छन् । तिनै विधीहरू मध्ये टेरो कार्ड पनि एक हो। टेरो डेकमा ७८ वटा कार्ड हुन्छन् जसलाई मेजर अर्काना र माइनर अर्काना भनिन्छ । अर्काना ल्याटिन शब्द arcanes बाट आएको हो, जसको अर्थ रहस्यमय हुन्छ। समयसँगै यो विधिलाई बुझने र विश्वास गर्ने मानिसहरु बढ्दै गएका छन् । हेरौं टेरो कार्ड अनुसार कुन राशिका लागि कस्तो रहनेछ वर्ष २०२३ ?

मेष : यो वर्ष इच्छाशक्तिमा सकारात्मक परिवर्तन गर्दा कठिन परिस्थिति बाट पार पाइनेछ । आफ्ना अपेक्षाहरू पूरा गर्ने इच्छा बढ्नेछ जसका लागि कडा परिश्रम गर्नुपर्नेछ । यो वर्ष दैनिक जीवनमा अनुशासन कायम राख्नु धेरै महत्त्वपूर्ण हुनेछ । स-साना कुराले उत्पन्न हुने निरासाले काममा असर नपरोस् भन्ने कुरामा ध्यान पुर्याउनु होस । तपाई केमा राम्रो हुनुहुन्छ त्यसमा आफ्नो फोकस बढाउनुहोस् । व्यक्तिगत जीवनमा सुधारका लागि प्रयास गरे मात्र सम्बन्धमा सुधार आउनेछ । यो वर्ष शारीरिक कमजोरी हटाउन चिकित्सकको सल्लाह लिनुपर्ने हुनसक्छ ।

वृष : मनमा उत्पन्न नकारात्मक विचारका कारण कुनै कुरामा सम्झौता गर्न सकिनेछ तर त्यो समस्याको शुरुवात जस्तो हुनेछ । यो वर्ष अरूको विचार स्वीकार गर्दै आफ्नो अपेक्षालाई ध्यानमा राखेर काम गर्नुहोला । कुनै पनि कारणले जीवनशैलीमा परिवर्तन नआओस् भन्ने ख्याल गर्नुपर्छ । व्यापार सँग सम्बन्धित व्यक्तिहरूले ग्राहकहरूबाट प्राप्त सुझावमा ध्यान दिन आवश्यक छ । यदि तपाइँको पार्टनर तपाइँलाई बुझ्न कोशिस गर्दै हुनुहुन्छ भने उहाँसँग धैर्य पुर्वक प्रस्तुत हुनुहोस् । स्वास्थ्यमा आएको परिवर्तनले चिन्ता सृजना गर्न सक्छ । यो वर्ष आराममा ध्यान केन्द्रित गर्न आवश्यक छ।

मिथुन : यो वर्ष मनमा उत्पन्न हुने बेचैनी हटाउने उपाय पनि तपाईंसँगै छ । वर्तमानसँग सम्बन्धित कुराहरूमा ध्यान दिएर भविष्य सुधार्ने प्रयास गर्नुहोस्। व्यक्तिप्रतिको परिवर्तनशील विचारलाई राम्रो सँग बुझ्नुहोस् । दृढ संकल्प नभएसम्म काम सुरु नगर्नुहोस् । तपाईंको जीवन सही बाटोमा लाग्नेछ र यसले नयाँ दिशा लिनेछ। करियरमा सुधारका लागी कसै प्रति विश्वास गर्नुपर्नेछ । पुरानो प्रेम सम्बन्ध बाहेक नयाँ सम्बन्धमा पनि ध्यान दिनु पर्ने देखिन्छ । खानपानमा आउने परिवर्तनले यो वर्ष तपाईको स्वास्थ्य बिगार्न सक्छ।

कर्कट : आर्थिक स्थितिमा सुधार आउनेछ भने यो वर्ष तपाईंको व्यक्तिगत सपना साकार हुनेछ । व्यापारी वर्गले प्राप्त गरेको ठूलो नाफाको सदुपयोग गर्नु पर्नेछ । अपेक्षित सम्बन्ध छिट्टै सुरु हुनेछ । यो वर्ष एसिडिटीले स्वास्थ्यमा समस्या सृजना गर्न सक्छ ।

सिंह : तपाई यो वर्ष अरुको अपेक्षाको बोझ आफैमा थोपर्दै हुनुहुन्छ । तपाईं कुनै पनि प्रकारको निर्णय लिन स्वतन्त्र हुनुहुन्छ भन्ने कुरालाई ध्यानमा राखेर काम सुरु गर्नुहोस् । कुनै पनि निर्णयको नतिजाका लागि तपाई आफैं जिम्मेवार हुनुहुनेछ । तपाईको वरपरका व्यक्ति तपाईंका लागि ऊर्जा साबित हुनेछन । वैदेशिक काममा ध्यान नदिनु होला । पुरानो सम्बन्ध तोडेर नयाँ सम्बन्ध सुरु गर्ने प्रयास हुनेछ। आँखाको जलन वा आँखा सम्बन्धी समस्यालाई बेवास्ता नगर्नुहोस् ।

कन्या : यो वर्ष यात्रासँग सम्बन्धित योजनाहरू सफल हुनेछन्। जो सँग वार्तालाप रोकिएको थियो त्यो व्यक्ति सँग सम्बाद सुरु हुन सक्छ । पुराना गुनासा मेटन यस्तो सम्बाद दुवै पक्षका लागि महत्त्वपूर्ण हुनेछ । यो वर्ष मानसिक स्थितिमा सुधार आउनेछ। कुनै पनि व्यक्तिसँग कुराकानी गर्दा मनको शान्तिमा खलल नपरोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । साझेदारमा मतभेद भए पनि एकअर्कालाई सहयोग गर्ने इच्छा जाग्नेछ । आफ्नो शारीरिक कमजोरीको कारण जान्ने प्रयास गर्नुहोस्।

तुला : पारिवारिक जिम्मेवारी एवं व्यक्तिगत मामिलामा सुधार ल्याउने प्रयासले यो वर्ष सफलता पाउने छ । व्यक्तिगत जीवनमा तनाव पैदा गर्ने सम्बन्धहरू टुट्न थाल्नेछन । अरुका शब्दले आफ्नो जीवनलाई असर नगरोस् भन्ने कुराको ख्याल राख्नुहोस् । करियरमा सुधारले कामप्रतिको रुचि र उत्साह बढ्नेछ । यो वर्ष पार्टनरसँग सम्बन्धित जिम्मेवारीहरू बुझ्ने प्रयास गर्नुहोस्। बदलिँदो परिवेशका कारण स्वास्थ्यमा परिवर्तन देख्न सकिन्छ ।

वृश्चिक : कुनै पनि कार्यसँग सम्बन्धित नेतृत्व वा जिम्मेवारी निर्वाह गर्दा काममा संलग्न व्यक्तिहरूको नियतमा ध्यान दिनु पर्ने देखिन्छ। केही मानिसले तपाईंलाई पछाडि तान्न प्रयास गर्न सक्छन् तर यो वर्ष तपाईंलाई चोट लाग्ने छैन। तपाईं अनावश्यक विवादहरूलाई कति महत्त्व दिनुहुन्छ र मानिसहरूले तपाईं सँग कस्तो व्यवहार गर्नेछन् भन्ने कुरा निश्चित गर्नुहोस्। काम सुरु गर्नुअघि कामसँग सम्बन्धित व्यक्तिहरूसँग छलफल गरेर योजना बनाउनुहोस्। यो वर्ष परिवारको विरुद्धमा जाने र सम्बन्धमा निर्णय लिने अनुभव हुनेछ। खुट्टा दुख्ने वा खुट्टा सुन्निने समस्या देखापर्न सक्छ।

धनु : समस्याबाट छुटकारा पाउन हरेक स्रोत उपलब्ध भए पनि त्यसको उचित प्रयोग नगर्दा हानि पुग्न सक्छ। हरेक कुरामा नकारात्मकता खोज्ने आफ्नो बानी बदल्नुपर्छ । चिनजान वा मित्रबाट राम्रो कामको अवसर मिल्न सक्छ। पार्टनरको आफू प्रतिको व्यवहारमा अचानक आएको परिवर्तनलाई बुझ्ने प्रयास गर्नुहोस्। पेटसम्बन्धी कुनै पनि समस्या भए चिकित्सकसँग परामर्श लिनुहोस्।

मकर : यो वर्ष घरपरिवारका सदस्यहरुसँगको विवाद सुल्झाउन आवश्यक हुनेछ । तपाइँको व्यक्तिगत जीवनमा कठिनाईहरु छन् । यदि परिस्थिति अनुसार आफ्नो मनस्थिति बनाउनुभयो भने जीवनमा परिवर्तन आउनेछ । यो वर्ष आर्थिक अवस्था मजबुत बनाउने कुरामा बढी ध्यान दिनुहोस् । पार्टनर छनोट गर्दा हरेक स-साना कुरामा ध्यान पुर्याउनुहोस्। माइग्रेनले सताउन सक्ने हुनाले साबधानि अपनाउनु होला ।

कुम्भ : तपाईंले व्यक्तिगत जीवनसँग सम्बन्धित सबै कुरा महत्त्वपूर्ण पाउनुहुनेछ । यो वर्ष धेरै कुरामा ध्यान दिनु पर्नेछ । स्वास्थ्य र वित्त बलियो राख्ने कुरालाई प्राथमिकता दिनुहोस्, यी दुई कुराले अन्य पक्षमा सुधार ल्याउन सक्छ। छिट्टै विदेशमा व्यापार गर्ने अवसर जुटनेछ । पति/पत्नी बिचको आर्थिक लेनदेनले तनाव निम्त्याउन सक्छ। यो वर्ष बढ्दो तौललाई नियन्त्रणमा राख्न आवश्यक छ ।

मीन : यो वर्ष स्पष्ट नभएका कुराहरू बुझ्न मार्गदर्शन मिल्नेछ। यती बेला इच्छाशक्ति कायम राख्नु तपाईका लागि धेरै महत्त्वपूर्ण छ । आफ्नो स्वभावमा सकारात्मक परिवर्तन ल्याउँदै अनुशासन बढाउने प्रयास गर्नुपर्छ । आवश्यक पर्दा सहयोग जुटनेछ । एक्लोपन पटक्कै महसुस नगर्नुहोस् । त्यस्तै, करियरमा उचाइ प्राप्त गर्न कडा परिश्रम गर्नुपर्नेछ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया