भेडेटारमा ह्याप्पी न्यु इयर महोत्सव

सुनसरी । धनकुटाको पर्यटकीय क्षेत्र भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा भोलि पुस १६ गतेदेखि १८ गतेसम्म फुड फेस्टिबलक आयोजना हुँदैछ ।
होटल एशोसिएसन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठका अनुसार फेस्टिबलमा स्थानीय जातीय परिकारहरुको (राई, लिम्बू, मगर, तामाङ र नेवारी) प्रदर्शन तथा स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी एवं फलफूल, हस्तकला, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, मौलिक परम्परागत सांस्कृतिक झाँकी प्रमुख आकर्षकमा रहनेछन् ।
फेस्टिबलमा २० देखि ३० हजार पर्यटकको आगमन हुने अनुमान छ । यो फेस्टिबलको मुख्य आकर्षण पर्यटकीयस्थलहरुमा चाल्स भ्यू टावर, पाथिभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, नाम्जेको होमस्टे, डाँडाबजारस्थित ध्वेजे डाँडा, ओख्रे टावरलगायत स्थलहरु रहनेछन ।
भेडेटार फेस्टिबलले पर्यटन, होटल व्यवसाय, व्यापार, कृषि, संस्कृति र शिक्षा क्षेत्रको प्रबर्द्धनमा टेवा पुर्याउने लक्ष लिएको छ । केही वर्ष यता भेडेटारमा अंग्रेजी नयाँ वर्षको अबसरमा यस्तो महोत्सवको आयोजना गरिदै आएको छ ।
प्रतिक्रिया