सोमबार, वैशाख ३१, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ पुष १५ गते १०:५३

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ १५ रुपैयाँले घटेर छ । चाँदी आज प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया