सोमबार, असोज २८, २०८१

भारतीय क्रिकेटर खेलाडी ऋषभ पन्तको कार दुर्घटना

नेपालखोज २०७९ पुष १५ गते १३:३६

काठमाडौं । भारतीय क्रिकेट टोलीका खेलाडी ऋषभ पन्त कार दुर्घटनामा परेका छन् । शुक्रबार बिहान ऋषभको कार दुर्घटनामा परेका हुन् । ऋषभको कार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरसँग ठोक्किएको थियो ।

उनी गम्भीर घाइते भएका छन् । देहरादुन म्याक्स अस्पतालका डा. आशिष याज्ञिकले ऋषभ पन्तको चोटबारे भने, ‘ऋषभ पन्त स्थिर छन् । अर्थोपेडिक सर्जन र प्लास्टिक सर्जन सहित डाक्टरहरुको टोलीले उनको चोट जाँच गरिरहेको छ। अनुसन्धान र मूल्याङ्कन प्रक्रिया पूरा भएपछि मात्रै थप उपचारको दिशा के हुन्छ थाहा हुन्छ । यसको जानकारी मेडिकल बुलेटिन मार्फत दिइनेछ।’ -बीबीसी हिन्दी

प्रतिक्रिया