बिहीबार, वैशाख १३, २०८१

एशियाका ५ अर्बपति जसले २०२२ मा देखाए चमत्कार

नेपालखोज २०७९ पुष १५ गते १४:३६


काठमाडाैं । सन् २०२२ विश्वका धनी व्यक्तिहरूका लागि उतारचढावले भरिएको थियो । यद्यपि एसियाका केही अर्बपतिका लागि यो वर्ष निकै राम्रो रह्यो । एशियाका पाँच जना अर्बपतिले यो वर्ष चमत्कार नै देखाए ।

गौतम अडानी, भारत : एसियाका सबैभन्दा धनी उद्योगपति गौतम अडानीले यो वर्ष ५५ अर्ब डलरको सम्पत्ति आर्जन गरे । अडानी समूहको अडानी इन्टरप्राइजेजको शेयर यो वर्ष ५७ प्रतिशतले बढेको छ । फोर्ब्सको रिपोर्ट अनुसार अडानीको कुल सम्पत्ति १३३.९ बिलियन डलर छ।

लो ताक क्वाङ, इन्डोनेसिया : इन्डोनेसियाका कोल किंङका रुपमा चिनिने लो ताक क्वाङले कोइला व्यवसायमा अचम्मको फड्को मारे । उनको कोइला खानी फर्म, बायन रिसोर्सेसको सेयर मूल्य २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि कोइलाको मागमा आएको उछालका कारण तीन गुणाले बढ्यो । उनले यो वर्ष आफ्नो सम्पत्तिमा १६ अर्ब डलर थपेका छन् ।

कोलिन शेङ हुआङ, चीन: चीनको आर्थिक संकट र कोरोना महामारीका बाबजुद हुआङको ई-कमर्स कम्पनी पिन्डुओडुओ विशाल रुपमा फस्टायो । कम्पनीले आफ्नो तेस्रो त्रैमासिक राजस्वमा ६५ प्रतिशतले वृद्धि गरेको छ। ह्वाङले २०२२ मा ११.१ बिलियन डलर कमाए।

वु यिलिङ, चीन : चीनका वु यिलिङ सबैभन्दा बढी कमाउने अर्बपतिको सूचीमा रहेका चौथा एसियाली हुन । यो वर्ष यिलिङको आम्दानीको एउटा ठूलो हिस्सा कोभिडको जडिबुटी औषधिको बिक्रीबाट आएको हो । उनको कम्पनीको शेयर ६१ प्रतिशतले बढेको छ । कोभिड प्रतिबन्धको बीचमा चिनियाँ जनताले कोभिडसँग सम्बन्धित औषधिहरू ब्यापक रूपमा किनेका थिए ।

रवि जयपुरिया , भारत : भारतीय उद्योगपति रवि जयपुरिया यो सुचिको पाँचौं स्थानमा छन् । जयपुरिया आरजे कर्पका अध्यक्ष हुन र कोला, स्वास्थ्य सेवा एवं फास्ट फूड उद्योगहरूमा उनको रुचि छ। उनी भारतमा केएफसी, पिज्जा हट, कोस्टा कफी सञ्चालन गर्ने कम्पनी देवयानी इन्टरनेशनलका अध्यक्ष हुन्। यो वर्ष यो कम्पनीले आफ्नो सम्पत्तिमा ३.९ बिलियन युएस डलर थपेको छ।

प्रतिक्रिया