शुक्रबार, वैशाख १४, २०८१

फ्लासब्याक-२०२२: संसारका सबैभन्दा धनी महिला

नेपालखोज २०७९ पुष १५ गते १६:१९

काठमाडाैं । युद्ध, महामारी र मन्दीले यो वर्ष विश्वका धनी व्यक्तिहरूको सम्पत्ति ध्वस्त पारेको छ जसले गर्दा अर्बपति महिलाको सूचीमा पनि उथलपुथल देखापरेको छ ।

ब्लुमबर्गको पछिल्लो सूची अनुसार २०२२ का सर्वाधिक धनी महिला को-को हुन् हेरौं :

लोरियल लेडी : फ्रान्सेली कम्पनी लोरियलकी मालिक फ्रान्कोइस बेटेनकोर्ट मायर्स विश्वकै सर्वाधिक धनी महिला हुन् । २६ डिसेम्बर २०२२ मा उनको कुल सम्पत्ति ७१ बिलियन डलर भन्दा बढी थियो । उनका मामा हजुरबुवा यूजीन शुलरले यो कम्पनी स्थापना गरेका हुन । शुलरको मृत्यु पछि यो पारिवारिक कम्पनीको नेतृत्व उनकी आमा लिलियन बेटेनकोर्टले र त्यसपछि उनले (फ्रान्कोइस) लिइन्।

वालमार्टकि साम्राज्ञी : एलिस वाल्टन धनीहरूको यो सूचीको दोस्रो स्थानमा छिन जसको सम्पत्ति करिब ६० अर्ब डलर छ । एलिस अमेरिकी कम्पनी वालमार्टका संस्थापक साम वाल्टनकी एक्ली छोरी हुन् । अमेरिकाको सबैभन्दा ठूलो रिटेलर वालमार्टको मालिक वाल्टन परिवार लगातार धेरै वर्षदेखि विश्वको सबैभन्दा धनी परिवारका रुपमा सुचिकृत हुँदै आएको छ । उनिहरु २२४ बिलियन डलर बराबरको सम्पत्तिका मालिक हुन ।

कोच इन्डस्ट्रिज : ५८ अर्ब डलरभन्दा बढी सम्पत्ति भएकि जुलिया कोच अर्बपति महिलाको सूचीको तेस्रो नम्बरमा छिन् । अमेरिकाको कोच इन्डस्ट्रिजका मालिक डेभिड कोचकी श्रीमती तथा तीन सन्तानले उनको मृत्युपछि कम्पनीको ४२ प्रतिशत स्वामित्व पाएका छन् । जुलिया कम्पनीको बोर्डको सदस्य हुन् र डेभिड कोच फाउन्डेशनको प्रमुखका रूपमा परोपकारी परियोजनाहरू चलाउँछिन्।

अमेरिकी क्यान्डी कम्पनी मार्स : सय वर्षअघि मिल्की वे बार बनाउने ज्याकलिनका हजुरबुबा र बुबाको कम्पनी अझै पनि पूर्ण रूपमा उनिहरुकै परिवारको हातमा छ । अमेरिकी क्यान्डी कम्पनी मार्स विश्वको सबैभन्दा ठूलो क्यान्डी कम्पनी हो र त्यसको करिब एक तिहाइ हिस्सा ज्याकलिन मार्ससँग छ, जसको मूल्य करिब ३९ अर्ब डलर छ।

क्यासिनोको सम्पत्ति : मिरियम एडेलसन विश्वकि पाँचौं धनी महिला हुन् । उनको सम्पत्ति ३० अर्ब डलरभन्दा बढी छ । उनी विश्वको सबैभन्दा ठूलो क्यासिनो कम्पनी ‘लास भेगास स्यान्ड्स’की सबैभन्दा ठूलो शेयरधारक हुन् । यो कम्पनी उनका श्रीमान् शेल्डन एडेलसनले सुरु गरेका थिए भने जनवरी २०२१ मा उनको मृत्यु भयो ।

अस्ट्रेलियाको खजाना : २७ अर्ब डलरभन्दा बढी सम्पत्ति भएकि जिना राइनहार्ट अस्ट्रेलियाकि सबैभन्दा धनी नागरिक हुन् । फलामको व्यापारबाट उनले अथाह सम्पत्ति कमाएकि छिन । यो काम उनका बुबा लेंग हेनकक द्वारा सुरु गरिएको थियो तर एक समयमा वित्तीय दबाब सामना गर्ने यो कम्पनीको पुनर्निर्माण र हेनकक प्रोस्पेक्टिङलाइ यति ठूलो बनाउने श्रेय जीना राइनहार्ट लाई जान्छ। उनी सन् १९९२ देखि कम्पनीको कार्यकारी अध्यक्ष छिन् ।

अमेजनले छोएको उचाइ : अमेजनका संस्थापक जेफ बेजोससँगको २५ वर्षको वैवाहिक जीवनमा किजीले अनलाइन बुकस्टोर देखि ट्रिलियन डलरको कम्पनीसम्मको यात्रामा प्रमुख भूमिका खेलेकी थिइन्। बेजोससँग सम्बन्धविच्छेद गरेपछि उनीसँग अमेजनको ४ प्रतिशत हिस्सा छ । उनी उपन्यासकार हुन् र हाल २५ बिलियन डलर सम्पत्तिका साथ विश्वको सातौं धनी महिलाको स्थानमा बिराजमान छिन्।

प्रतिक्रिया