शुक्रबार, जेठ ४, २०८१

अब ’नांगो गाउँ’ !

नेपालखोज २०७९ पुष १५ गते १७:२९

काठमाडाैं । चलचित्र ’दुई नम्बरी’को सफलतापछि निर्देशक दिपेन्द्र लामाले आफ्नो पाँचौं चलचित्रका रुपमा ’नांगो गाउँ’ दर्शकसमक्ष ल्याउने भएका छन् ।

लामाकै लेखन समेत रहने यो चलचित्रमा दयाहाङ राई र मिरुना मगरले मुख्य भुमिका निर्वाह गर्नेछन् भने अन्य कलाकारको छनोट हुन बाँकी छ ।

आगामी चैतमा छायाँकन सुरु हुने ’नांगो गाउँ’का प्रस्तुतकर्ता हिमाल शर्मा, निर्माता जय श्रेष्ठ तथा वितरक आरआर फिल्मस् रहने छन् ।

मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण हुने यो पोलिटिकल चलचित्रमा मानिसको लाचारीपन, निर्लज्जता र ढोंगप्रति व्यंग्य गरिने निर्देशक लामाले बताए ।

दर्शकले यो चलचित्रमा हाँस्य, प्रेम एवम् कारुणिकताको आनन्द लिन पाउने उनको दाबी छ ।

प्रतिक्रिया