सोमबार, असार १६, २०८२

लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन परिणामले योगदान गरेको छ : प्रमुख आयुक्त थपलिया

नेपालखोज २०७९ पुष १५ गते २२:०८

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको आवाजको सार्थकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको परिणामले योगदान पु¥याएको बताएका छन् ।

नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित २३औँ साधरणसभा तथा १८औँ राष्ट्रिय सम्मेलनमा उनले भने, ‘स्थानीयतह दलीय कब्जाबाट माथि उठाए केही हदसम्म सुधार हन्छ, सङ्घीय र प्रदेशतहमा कानुनतः सम्भव छैन । विसं २०४८ सालको राजनीतिक परिवर्तनपछि रुपपक्ष, समय, स्थान फेरिए पनि अवस्था उस्तै रहेको छ ।’

मूलुकको अर्थतन्त्र सुदृढ बनाउनेलगायत चुनौती रहे पनि गठन भएको सरकार कसरी टिकाउने अहिलेको चुनौती रहेको उनको टिप्पणी छ । कार्यक्रममा सङ्घका महासचिव मुकुन्दप्रसाद निरौलाले साधरणसभामा वार्षिक प्रतिवेदन नेपाल जन–प्रशासन सङ्घले स्थापना कालदेखि नेपालको प्रशासन, व्यवस्थापनको क्षेत्रमा र पेशागत सम्बन्धको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको दावी गरे ।

प्रतिक्रिया