कमेडी च्याम्पियन तेस्रो सिजनको तयारी
नेपालखोज
२०७९ पुष १६ गते ७:०९

काठमाडाैं । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन जनवरी ११ देखि जनवरी ३० (पुस २७ देखि माघ १६)सम्म चल्ले निर्देशक विशाल भण्डारीले जानकारी दिएका छन् ।
अडिसनमा सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाई ५ मिनेटसम्मको हुन सक्ने बताइएको छ ।
भिडियो अडिसनका उत्कृष्टहरु फिजिकल अडिसनमा सहभागी हुन पाउनेछन । कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजयी भएका थिए भने दोश्रो सिजन भरतमणी पौडेलले जितेका थिए ।
सम्बन्धित
प्रतिक्रिया