सोमबार, असोज २८, २०८१

जब वीपीले इन्दिरा गान्धीलाई म तिमिलाई महारानी मानेर बस्दिन भने

सन्दर्भ - मेलमिलाप दिवस

नेपालखोज २०७९ पुष १६ गते १७:२१

काठमाण्डौं । नेपाली राजनीतिका शिखर व्यक्तित्व वीपी कोइराला ८ वर्ष लामो भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिन । प्रजातन्त्र वहालीका लागि नेपाली कांग्रेसले गरेको क्रान्तिमा भारतबाट सहयोग पाउने आसाका साथ प्रवासमा गएका बीपीलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले अपमानित गरिन् ।

भारतीय सत्ता पक्षको व्यवहारले आजित भएर उनी स्वदेश फर्किने निष्कर्षमा पुगे । फर्किनु अघि भारतीय प्रधानमन्त्री गान्धीले नेपालको सुरक्षा र विदेश मामिला सम्वन्धी अधिकार भारतलाई दिन तयार भए बीपीलाई नेपालको सत्ता राजनीतिमा स्थापित गरिदिने प्रस्ताव गरिन् ।

गान्धीका दुतलाई बीपीले भनेका थिए, ‘तिम्रो प्रधानमन्त्रीलाई महारानी मान्नु भन्दा त म नेपालका राजालाई मानेर काम गर्छु । स्वदेश फर्किन्छु । आफ्नै भूमीबाट प्रजातन्त्रका लागि संघर्ष गर्छु ।’

यहि प्रसंगमा बीपीका भतिजा नरेश कोइरालाले भनेका छन्, ‘राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु अघि मलाई दिल्लीमा बोलाउनुभयो । म एक जना भारतीय मित्र कहाँ बसेको थिए । भारतीय सत्ता राजनीतिसंग अत्यन्त निकट रहेका उनले भनेका थिए–जाउ बीपीलाई भन ।

सोसलिस्टहरूसँग लागेर प्रधानमन्त्री इन्दिरा गान्धीसँग किन झगडा गर्ने ? त्यसले कही पनि पुगिदैन । बरु बीपीले इन्दिरा गान्धीको कुरा मानेर, उनको सहयोगमा नेपाली सत्ता राजनीतिमा स्थापित हुने बाटो लिनु उचित हुन्छ । आफू प्रधानमन्त्री भएपछि गान्धीको कुरा मान्नुपर्ने अवस्था रहदैन ।’ 

मैले ति मेरा भारतीय मित्रको कुरा सुनाए । एकदमै रिसाउनु भयो । म काजी लेन्डुप दोर्जे हुने ? त्यो बेला सिक्कम भारतले लिइसकेको थियो ।

प्रतिक्रिया