आइतबार, जेठ ६, २०८१

नव वर्ष २०२३ मा बृष राशिको भविष्य

नेपालखोज २०७९ पुष १७ गते ७:३५

नयाँ वर्ष अर्थात् नयाँ वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं बृष राशिका लागि यो वर्षको भविष्यफल :

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :

वृष राशिका लागि वर्ष २०२३ मिश्रित प्रभावका साथमा उपस्थित भएको छ । परिश्रमको फल प्राप्त हुने समय छ । करियरमा उत्तरोत्तर प्रगति हुनेछ । नोकरी तथा कार्यस्थलमा सफलता पाइनेछ । यो विद्यार्थीहरूले उच्च स्तरको सफलता प्राप्त गर्ने समय हो । प्रेमजीवनका लागि समय राम्रो छ ।

विवाहित व्यक्तिको घरपरिवार एवं दाम्पत्य जीवनमा सुखसमृद्धि रहनेछ । पतिपत्नी वा प्रेमीप्रेमिकाको सम्बन्धमा केही समस्या देखा पर्ला । अचानक कलह बढ्ने वा सम्बन्धमै फाटो आउने परिस्थितिसमेत सृजना हुनसक्छ , सावधान रहनुहोला । खर्चमा बृद्धि हुनेछ भने आर्थिक मामिलामा केही झमेलासमेत देखा पर्नेछ । गैरकानुनी र अनैतिक कारोबारमा संलग्न भए दण्डसजाय भोग्नुपर्ने वा अड्डाअदालत धाउनुपर्ने परिस्थिति बन्नसक्छ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुनसक्छ । दुर्घटना, चोटपटक तथा चिरफारको परिस्थिति बन्नसक्ने समय भएकाले स्वास्थ्यस्थितिप्रति गम्भीर रहनु होला ।

समग्रमा बृष राशि हुने व्यक्तिहरूका लागि समय राम्रो सावित हुनेछ । घरपरिवारमा धार्मिक कार्य सम्पन्न हुनेछन । दाजुभाइ वा दिदीबहिनीबाट सहायता मिल्नेछ । नयाँ घरघडेरी वा सम्पत्ति जोड्न अनुकूल समय छ । धनसङ्ग्रहका निमित्त मातापिताको सहयोग मिल्नेछ । विद्यार्थीहरूमा पठनपाठन प्रतिको अभिरूचि बढ्नेछ । सन्तति तथा भाइबहिनीहरु प्रतिको भावनात्मक लगावमा बृद्धि हुनेछ ।

सरकारी, प्रशासनिक वा अदालतका काममा मन्द गतिले प्रगति हुनेछ । नोकरीमा बढुवा वा प्रशंसाको योग छ । राजनीति एवं सामाजिक जीवनमा मतभेद र सङ्घर्षको स्थिति देखिन्छ । मनमा नैराश्य र वैराग्यका भावना उत्पन्न हुनसक्छ । आगामी कामका लागि मार्ग प्रशस्त हुनेछ । घरायसी वातावरण शान्त, सुखद तथा रमणीय रहनेछ । शेयर कारोबारमा लागेका व्यक्तिहरुका लागि वर्ष २०२३ फलदायी साबित हुनसक्छ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारी प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ

प्रतिक्रिया