शुक्रबार, वैशाख २८, २०८१

सन् २०२३ मा लन्च हुने विद्युतीय स्कुटर तथा मोटरसाइकलहरु

नेपालखोज २०७९ पुष १७ गते १३:२२

काठमाडाैं । केटीएम, बजाज, यामाहा लगायत धेरै ब्रान्डले चाँडै नै आफ्ना नयाँ विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन लन्च गर्दैछन्। अहिले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको लोकप्रियता पनि बढ्दै गएको छ । त्यसैले, आज हामी तपाईलाई २०२३ मा लन्च हुने इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलका बारेमा जानकारि दिदैछौं ।

अल्ट्राभायोलेट एफ डबल सेभेन : अल्ट्राभायोलेट F77 हालै ३.८ लाख भारु (एक्स-शोरूम) को प्रारम्भिक मूल्यमा लन्च गरिएको थियो। यो निकै शक्तिशाली इलेक्ट्रिक टू-व्हीलर हो। यो बाइकको डेलिभरी सन् २०२३ देखि सुरु हुनेछ।

ओबेन रोर : ओबेन रोहर इलेक्ट्रिक मोटरसाइकल केही महिनाअघि मात्र १ लाख (एक्स-शोरुम) भारुको प्रारम्भिक मूल्यमा लन्च गरिएको थियो । ब्रान्डले अझै बजारमा यसको डेलिभरी सुरु गर्न सकेको छैन। यो विद्युतीय बाइकले करिब २०० किलोमिटर माइलेजको दाबी गर्छ । यसले Kratos, HOP OXO तथा RV400 जस्ता इभि लाई चुनौती दिनेछ।

सिम्पल वन : सिम्पल वनलाई ओला इलेक्ट्रिक स्कुटरको सबैभन्दा बलियो प्रतिद्वन्द्वी मानिन्छ । यद्यपि यो ब्रान्डले आधिकारिक रूपमा आफ्नो स्कुटर लन्च गर्न बाँकी छ ।

र्‍याप्टी इलेक्ट्रिक मोटरसाइकल : र्‍याप्टी इलेक्ट्रिक मोटरसाइकल शक्तिशाली बाइकका रूपमा दर्ता हुने अपेक्षा गरिएको छ । यसले लगभग १३५ किमी प्रति घण्टा स्पिडको गति दाबी गरिरहेको छ । कम्पनीले यसलाई २०२३ को अन्त्यमा लन्च गर्नेछ।

ओला इलेक्ट्रिक मोटरसाइकल : नयाँ ओला इलेक्ट्रिक मोटरसाइकलका बारेमा भाविश अग्रवालले ट्विटर मार्फत जानकारि गराएका थिए। नयाँ ओला इलेक्ट्रिक मोटरसाइकललाई शक्तिशाली पावरट्रेन र किफायती मूल्यका साथ प्रस्ताव गरिनेछ, जसले यो सेग्मेन्टका अधिकांश खरीददारलाई आकर्षित तुल्याउँने अपेक्षा छ ।

Husqvarna इलेक्ट्रिक स्कुटर तथा KTM ड्यूक इलेक्ट्रिक : नयाँ Husqvarna इलेक्ट्रिक स्कुटर तथा KTM ड्यूक इलेक्ट्रिकको लन्च हालै यी ब्रान्डहरू द्वारा पुष्टि गरिएको थियो । दुवै नयाँ दुई पाङ्ग्रे गाडी ५.५ kWh ब्याट्रीका साथ उपलब्ध हुनेछन्। यीनको बिक्री जुलाई २०२३ पछि सुरु हुने बताइएको छ।

होन्डा इलेक्ट्रिक स्कुटर : होन्डा इलेक्ट्रिक स्कुटरले २०२३ मा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेर विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनमा डेब्यु गर्ने अपेक्षा गरिएको छ । यो नयाँ स्कुटरमा नयाँ खालको ब्याट्री प्रविधि प्रयोग गरिने बताइएको छ ।

सुजुकी बर्गम्यान स्ट्रीट इलेक्ट्रिक : नयाँ सुजुकी बर्ग्म्यान इलेक्ट्रिक अनेकन अवसरहरूमा देखा परिसकेको छ। यो स्कुटरमा ग्यारेन्टेड ब्याट्री र चेन ड्राइभ सेटअप हुने सम्भावना छ। यसको आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ ।

हिरो इलेक्ट्रिक AE-47 : हिरो इलेक्ट्रिक AE-47 पहिलो पटक इण्डीयन अटो एक्सपो – २०२० मा प्रस्तुत भएको थियो। नयाँ Hero Electric AE-47 लाइ सबैभन्दा आशाजनक आगामी इलेक्ट्रिक स्कुटर मानिएको छ । यसको आधिकारिक जानकारि चाडैं सार्वजनिक हुने बताइएको छ ।

यामाहा इलेक्ट्रिक स्कुटर : यामाहाले चाँडै नै इलेक्ट्रिक स्कुटर लन्च गर्न सक्छ । २०२३ को दोस्रो हाफमा लन्च हुनु अघि यामाहाले य‍ो स्कूटरका बारेमा आधिकारिक विवरण सार्वजनिक गर्नेछ।

प्रतिक्रिया