शनिबार, वैशाख १५, २०८१

आठ महिनामा मुलुकको अर्थतन्त्र : ८० अर्ब ७८ करोडको सामान निर्यात हुँदा नौ खर्ब ४३ अर्ब ९९ करोडको आयात

नेपालखोज २०७७ चैत ३० गते २१:०१

काठमाडौं । नेपालले चालुु आर्थिक बर्षको पछिल्लो आठ महिनामा आठ खर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरेको छ ।

नेपाल राष्ट्र बैंकले आज (सोमबार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धी प्रतिवेदनअनुसार चालु आवको आठ महिनामा कुल वस्तु निर्यात सात दशमलव आठ प्रतिशतले बढेर ८० अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२ दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११ दशमलव तीन प्रतिशत र दुई प्रतिशतले निर्यात बढेपनि चीनतर्फको निर्यातमा ४३ दशमलव सात प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचालगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालुु आवको आठ महिनामा कुल वस्तु आयात दुई दशमलव एक प्रतिशतले वृद्धि भई नौ खर्ब ४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात दुई दशमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात नौ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः सात दशमलव एक प्रतिशत र १२ दशमलव एक प्रतिशतले कमी आएकोे छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

चालु आवको आठ महिनामा कुल वस्तु व्यापार घाटा एक दशमलव छ प्रतिशतले वृद्धि भई आठ खर्ब ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा चार दशमलव तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात आठ दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव एक प्रतिशत रहेको थियो ।

आठ महिनामा भित्रियो छ खर्ब ४२ अर्ब रेमिटेन्स
चालु आवको पछिल्लो अवधिमा विप्रेषण आप्रवाह आठ दशमलव छ प्रतिशतले वृद्धि भई छ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दसमलव पाँच प्रतिशतले बढेकोे थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले वृद्धि भई पाँच अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव पाँच प्रतिशतले बढेकोे थियोे ।

प्रतिक्रिया