शुक्रबार, जेठ ४, २०८१

२०२३ मा आउने स्मार्टफोन

नेपालखोज २०७९ पुष १७ गते १५:२९

काठमाडाैं । सन् २०२२ मा सामसुङ, एप्पल, वानप्लस, श्याओमी आदिले महत्त्वपूर्ण स्मार्टफोनहरु लन्च गरे। जसरी यो वर्ष एकसे एक फोनहरू लन्च गरिए त्यसैगरी २०२३ मा पनि विभिन्न मूल्यका क्याटोगरिमा अनेकन फोन लन्च हुँदैछन । यसबीच सबै जसो शीर्ष ब्रान्डले २०२३ मा लन्च गर्ने ह्यान्डसेटको काम निकै अघि बढाएका छन् र उनिहरुका नयाँ उपकरणका बारेमा विभिन्न सुचना पनि सतहमा आउन थालेका छन्। यसमा एप्पलको आईफोन-१५ , सामसुङको ग्यालेक्सी एस २३ अल्ट्रा तथा भिभो एक्स ९० प्रो अगाडि छन् । यस बाहेक अरु ब्रान्डका नयाँ फोन पनि २०२३ मा बजारमा आउने नै छन ।

यो वर्ष आउनसक्ने केही उत्कृष्ट फोन बारेमा जानकारी लिउँ :

एप्पलको आइफोन-१५ यो वर्षको सबैभन्दा ठूलो हाइलाइट मध्ये एक हो। कम्पनीले युरोपेली संघको नियम पालना गर्दै आईफोन-१५ मा युएसबी टाइप–सी पोर्ट उपलब्ध गराउने अपेक्षा गरिएको छ । यसबाहेक, कम्पनीले यसमा ठोस-स्टेट बटनहरू पनि प्रदान गर्न सक्छ। यस बाहेक यसमा थप महत्त्वपूर्ण परिवर्तनको अपेक्षा गरिएको छ ।

सामसुङले एप्पल पछिको वर्षको सबैभन्दा ठूलो प्रक्षेपणका लागि तयारी गरिरहेको छ। यो कोरियाली स्मार्टफोन निर्माता कम्पनीले २०२३ मा आफ्नो फ्ल्यागशिप उपकरणहरू लन्च गर्नेछ । सामसुङले ग्यालेक्सी एस-२३ , ग्यालेक्सी एस-२३ प्लस तथा ग्यालेक्सी एस-२३ अल्ट्रा लाई बजारमा उतार्नेछ । ग्यालेक्सी एस-२३ को यो श्रृंखला फेब्रुअरी भित्रमा आउने अपेक्षा छ । यी सबै फोन स्नेपड्रागन ८ जेन २ द्वारा संचालित हुनेछन्।

यसबीच गुगलले पनि आफ्नो पिक्सेल ८ सिरिजमा काम सुरु गरेको छ । कम्पनीले हालसालै पिक्सेल ७ श्रृंखला लन्च गरेको थियो । गुगलले पिक्सेल ८ र पिक्सेल ८ प्रो स्मार्टफोन नयाँ चिपसेटका साथ लन्च गर्ने बताइदैंछ। यो सम्भवतः टेन्सोर जी ३ हुन सक्छ । यता वानप्लसले वर्ष २०२३ मा वानप्लस ११ को अर्को रोचक फ्ल्यागशिप लन्च गर्नेछ । यो फोनको डिजाइन पहिले नै लीक भइसकेको छ। यसमा ठूलो गोलाकार क्यामेरा मोड्युल र पछाडि अलर्ट स्लाइडर फिचर हुने अपेक्षा छ । वानप्लस ११ नवीनतम स्नेपड्रागन ८ जेन २ चिपसेट द्वारा संचालित हुने बताइएको छ, जसमा १६ जीबी सम्म र्याम तथा ५१२ जीबी आन्तरिक भण्डारण क्षमता हुनेछ । यसको ब्याट्रीमा पनि उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । वानप्लस ले १०० वाटको फास्ट चार्जिङ सपोर्ट प्राप्त गर्नेछ। शाओमिले चाँडै आफ्नो शाओमि १३ श्रृंखला बजारमा उतार्दैछ । यो डिभाइसमा २ के इ ६ अमलोड डिस्प्लेस्नेपड्रागन ८ जेन २ चिपसेट र १२० वाट फास्ट चार्जिङ जस्ता प्रिमियम सुविधाहरू उपलब्ध हुने बताइएकोछ । यो डिभाइस २०२३ को पहिलो ६ महिना भित्र बजारमा आइसक्नेछ।


फोल्डेबल फोनको सेगमेन्टमा सामसुङले २०२३ को दोस्रो आधामा ग्यालेक्सी जेड फोल्ड ४ तथा ग्यालेक्सी जेड फ्लिप ४ फोल्डेबल स्मार्टफोन लन्च गर्नसक्छ । कोरियाली स्मार्टफोन जायन्टले यसमा के-कस्ता सुधार गर्छ भनेर हेर्न सबै उत्सुक छन । हालका ग्यालेक्सी फोल्डेबल डिभाइसहरू जस्तै अर्को वर्ष फोल्ड गर्न मिल्ने डिभाइसको मूल्य पनि प्रिमियम हुनेछ। यति बेलामा नेक्स्ट-जेनरेसनको फोल्डेबल फोनका बारेमा त्यति जानकारि बाहिर नआए पनि ति फोन स्न्यापड्रागन ८ जेन २ चिपसेटद्वारा संचालित हुने अपेक्षा गरिएको छ। गुगलले केही समयदेखि नयाँ फोल्डेबल फोनमा काम गरिरहेको छ । कम्पनीले आफ्नो पहिलो फोल्डेबल डिभाइस पिक्सेल फोल्ड मे २०२३ मा लन्च गर्न सक्छ। पिक्सेल फोल्ड टेन्सर जी २ चिपसेटद्वारा संचालित हुने अपेक्षा गरिएको छ, जसमा १२ जीबी र्याम रहने बताइदैछ । यसमा ट्रिपल क्यामेरा सेटअप र पछाडि ९.५ एमपी सेल्फी क्यामेरा हुने अपेक्षा गरिएको छ।

भिभोले २०२३ मा आफ्नो एक्स ८० प्रो स्मार्टफोनको उत्तराधिकारी भिभो एक्स ९० प्रो लन्च गर्ने अपेक्षा गरिएको छ । कम्पनीले गृह देश चीनमा एक्स ९० श्रृंखला पहिले नै प्रस्तुत गरिसकेको छ। यो २०२३ मा लन्च हुने डाइमेन्सिटी ९२०० चिपसेट भएका केही यन्त्रहरूमध्ये एक हुनेछ । भिभो एक्स ९० प्रो मा १२० हर्ज रिफ्रेस रेटका साथ क्यु ९ ओलेड डिस्प्ले रहनेछ भने यो फोन डाइमेन्सिटी ९२०० चिपसेटद्वारा संचालित हुनेछ। यसमा Zeiss T कोटिंगका साथ ट्रिपल क्यामेरा सेटअप छ । यो फोन ३२ एमपीको सेल्फी क्यामेराले सुसज्जित छ।

प्रतिक्रिया