शुक्रबार, जेठ ४, २०८१

प्राविधिक विश्लेषणको क्षेत्रमा एक निवनतम सफ्टवेयर ‘मेरो लगानी एआईचार्ट’ सार्वजनिक

नेपालखोज २०७९ पुष १७ गते १७:५८

काठमाडौं । एस्ट्रिक टेक्नोलोजीले प्राविधिक विश्लेषणको क्षेत्रमा एक निवनतम सफ्टवेयर ‘मेरो लगानी एआईचार्ट’ सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्ष सन २०२३ को जनवरी १ (पुस १७ गते) को अवसरमा एस्ट्रिक टेक्नोलाजीले, निष्पक्ष रुपमा प्राविधिक विश्लेषण गर्ने एआई चार्ट बजारमा ल्याएको हो ।

विगत १० वर्षदेखि नेपाली पूँजीबजारलाई मूख्य धार बनाइ समग्र अर्थतन्त्रसम्बन्धि समाचार सम्प्रेषण गर्दै आएको मेरोलगानी डटकम सञ्चालन गर्ने एस्ट्रिक टेक्नोलोजीले हरेक वर्गका लगानीकर्ताहरुका लागि यो नयाँ प्रडक्ट अनवरण गरेको जनाएको छ । कम्पनीले सर्वाजनिक गरेको यो नविनतम सफ्टवेयरमा नेप्सेका हरेक सूचक, हरेक सेक्टर, हरेक स्टकहरुको निष्पक्ष प्राविधिक विश्लेषण हेर्न सकिनेछ ।

प्राविधिक विश्लेषणका हरेक पाटाहरुलाई नियाल्दै ‘स्मार्ट मनि कन्सेप्ट र प्राइस एक्सन ट्रेडिङ्ग’ लाई प्रयोग गरेर ‘इन्स्टीच्युसनल अर्डर फ्लो’हरुलाई ट्रयाक गरी निष्पक्ष विश्लेषण यस सफ्टवेयरमा देख्न सकिने कम्पनीले जनाएको छ । यो एकदमै एडभान्स लेभलको सफ्टवेयर हो । कुनै पनि बजारमा शतप्रतिशत मिल्ने गरी प्रक्षेपण गर्न सकिँदैन । यस सफ्टवेयरले हरेक लगानीकर्ताहरुलाई व्यवहारिक रुपमा ७० देखि ८० प्रतिशतसम्मको एक्यूरेशि दिने कम्पनीको भनाई छ ।

जथाभावी विश्लेषण गरेर प्राविधिक विश्लेषण र विश्लेषक दुबै बदनाम भइरहेको अवस्थामा यस सफ्टवेयरले प्राविधिक विश्लेषणमाथि आम लगानीकर्ताको अवधारणा नै परिवर्तन गर्ने कम्पनीको विश्वास छ । यस सफ्टवेयरको सहयोगले हरेक लगानीकर्ताहरुले बजार अब कता जान्छ ? जोखिम कति छ ? प्रतिफल कति छ ? कहिले खरिद गर्ने ? कहिले बिक्री गर्ने ? लगायतका विश्लेषण आफैले गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस एआईचार्ट जो कोही लगानीकर्ताले पनि बुझ्न सकिने गरि निर्माण गरिएको छ । भर्खरै शेयर बजारमा प्रवेश गरेका लगानीकर्ताहरुका लागि सजिलो हुने गरी यसमा सेल जोन र बाई जोन राखिएको छ जसका आधारमा जो कोहीले पनि लगानीको निर्णय गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया