बिहीबार, जेठ २, २०८२

मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

नेपालखोज २०७९ पुष १७ गते १९:५६

काठमाडौं। चर्च ब्वाइज पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । मछिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै चर्च ब्वाइज क्लब आहा रारा पोखरा फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको हो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । आशिष चौधरीको नाममा एक गोल रह्यो । मछिन्द्रका सौरभ सुब्बाले एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा आशिष चापागाईले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको अग्रता २-० को बनाए ।

खेलको ६६ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा मछिन्द्रका सौरभले गोल गरेपनि चर्च ब्वाइज ३-१ ले विजयी भयो । चर्च ब्वाइज आफ्नो डेब्यु सहभागितामै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया