आइतबार, जेठ ६, २०८१

सन् २०२३ का लागि नोस्ट्राडेमसको भविष्यवाणी

नेपालखोज २०७९ पुष १८ गते ६:४३

फ्रान्सका प्रसिद्ध ज्योतिषी नोस्ट्राडेमसले ५०० वर्ष अघि धेरै भविष्यवाणी गरेका थिए । नोस्ट्राडेमसको पुस्तक लेस प्रोफेटिज १५५५ मा प्रकाशित भएको थियो । उक्त पुस्तकमा गरिएका भविष्यवाणीहरू आजको पुस्तामा पनि निकै लोकप्रिय छन्। नोस्ट्राडेमसको यो पुस्तकमा कुल ९४२ वटा भविष्यवाणी उल्लेख गरिएको छ , यसमा त्यस्ता कैयौं घटना उल्लेख छन जसलाई पढेर मुटु नै काँप्छ ।

नोस्ट्राडेमसका धेरै भविष्यवाणीहरू सत्य साबित भएका छन् । उनले सन् २०२३ का बारेमा धेरै डरलाग्दा भविष्यवाणी पनि गरेका छन् । फ्रान्सेली भविष्यवक्ता नोस्ट्राडेमसको भविष्यवाणी अहिले फेरि एकपटक अन्तर्राष्ट्रिय मिडियाहरुको हेडलाइनमा छ । वास्तवमा फ्रान्सेली भविष्यवक्ता नोस्ट्राडेमसका अधिकांश भविष्यवाणीहरू सत्य साबित भएका छन् । नोस्ट्राडेमसको भविष्यवाणी अनुसार सन् २०२३ मा हुने तेस्रो विश्वयुद्धका कारण विश्वले आर्थिक संकटको सामना गर्नुपर्नेछ । जसका कारण चारैतिर खाद्यान्न अभाव पनि हुनेछ । नोस्ट्राडेमसले लेखेका छन – खाद्यान्नको अभाव यति बढनेछ कि मानिसहरूले एक अर्कालाई खानेछन् ।

मानिसहरुले यो भविष्यवाणीलाई युक्रेन र रुसबीचको युद्धसँग जोडेर हेरिरहेका छन् । रुस – युक्रेन युद्धपछि विश्वभर गहुँको अभाव देखिएको छ । नोस्ट्राडेमसले लेखेका छन् – शाही घरमा आकाशीय आगो । नोस्ट्राडेमसले यो भविष्यवाणी मार्फत संसारको अन्त्यको संकेत गरिरहेका छन् । आकाशबाट आगोको वर्षा भयो भने सारा संसार नै समाप्त हुनेछ । फ्रान्सका भविष्यवक्ता नोस्ट्राडेमसले सन् २०२३ मा विश्वयुद्ध हुने भविष्यवाणी गरेका छन् ।

युक्रेन र रुसबीच जारी युद्ध आगामी दिनमा तेस्रो विश्वयुद्धमा परिणत हुने विश्वास कतिपयको छ । नोस्ट्राडेमसका अनुसार सन् २०२३ मा यो युद्ध ७ महिनासम्म चल्नेछ र नराम्रो काम गर्नेहरू मर्नेछन् । यदि नोस्ट्राडेमसको यो भविष्यवाणी सत्य साबित भयो भने यो वर्ष सारा विश्व हल्लिनेछ । ठूलो युद्ध हुनसक्छ : अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यसले २०२३ मा भयानक रूप लिन सक्छ। त्यसैले नोस्ट्राडेमसको भविष्यवाणी सत्य हुने देखिन्छ ।

आगो वर्षा : नोस्ट्राडेमसको भविष्यवाणीमा आकाशबाट आगोको वर्षा हुने कुरा उल्लेख छ । यसलाई अशुभ संकेत मानिन्छ । बाइबलमा पनि यस प्रकारको प्रलयको उल्लेख छ । मानिसहरू यसलाई संसारको अन्त्यको संकेत मान्छन । मानिस मंगल ग्रहमा पुग्नेः नोस्ट्राडेमसले आफ्नो भविष्यवाणीमा मानिस मंगल ग्रहमा पुग्ने कुरा गरेका छन् । ट्विटरका नयाँ प्रमुख तथा स्पेसएक्सका संस्थापक एलोन मस्कले सन् २०२९ सम्ममा मानिस मंगल ग्रहमा पुग्ने बताएका छन् ।

ग्लोबल वार्मिङ : ग्लोबल वार्मिङका कारण विश्वका धेरै देशमा खतराको घण्टी बजिरहेको छ । नोस्ट्राडेमसले यसबिषयमा पनि भविष्यवाणी गरेका छन् । उनका अनुसार सन् २०२३ मा विश्वभर तापक्रम अझै बढ्ने छ । यसका साथै समुन्द्रको पानीको सतह पनि बढ्नेछ । अर्थात् २०२३ मा ग्लोबल वार्मिङको समस्या अझ बढने देखिन्छ ।

आर्थिक संकटः पहिले कोरोना महामारी र त्यसपछि युक्रेन र रुसबीचको युद्धले विश्वको कठिनाइ बढाएको छ । जसका कारण आर्थिक संकट अझ गहिरिन सक्छ । यस बिषयमा नोस्ट्राडेमसको अनुमान सत्य साबित हुँदैछ ।

प्रतिक्रिया