शनिबार, वैशाख १३, २०८२

२०२३ मा कन्या राशिको भविस्य

नेपालखोज २०७९ पुष १८ गते ८:२०

नयाँ वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं कन्या राशिका लागि यो वर्षको भबिस्य : कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : कन्या राशिका लागि नयाँ वर्षले राम्रो फल दिनेछ । यो जीवनको नयाँ आयाम सुरु गर्ने वर्ष हो । विवाह नभएकाहरूको विवाह हुनसक्छ , छोराछोरी नभएकाहरुले चाहेको सन्तान पाउनेछन्, जागिर छैन भने रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ अनि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने थप जिम्मेबारी र पदप्रतिष्ठा प्राप्त हुनेछ । वैदेशिक यात्राको योग छ, नोकरीमा कार्यरत व्यक्तिले नयाँ अवसर प्राप्त गर्नेछन् ।

सरकारबाट सम्मान पाइनेछ । व्यापारमा नयाँ दिशा हासिल हुनेछ । प्राविधिक विषयका विद्यार्थी तथा खेलकुद र साहसी क्रियाकलापमा संलग्न व्यक्तिहरुले राम्रो सफलता प्राप्त गर्नेछन् । अन्य क्षेत्रका शिक्षार्थीका लागि कडा परिश्रमपछि सफलता पाइने योग छ । बन्दव्यापार र दाम्पत्यसुखमा सकारात्मक फल पाइनेछ । प्रेमजीवनमा भने उतारचढाव आउनेछ, जिम्मेवार बन्न नसक्दा चलिरहेको प्रेमसम्बन्धमा ब्रेकसमेत लाग्नसक्छ । धनसम्पत्तिको क्षेत्रमा पनि केही जोखिम र झमेला व्यहोर्नुपर्ने हुनसक्छ । धनमाल चोरी हुने खतरा छ ।

समग्रमा कन्या राशिका व्यक्तिहरूका लागि यो वर्ष शान्तिकारक वर्ष हो । सकारात्मक उद्देश्य र लक्ष्यमा सफलता पाइनेछ । नयाँ जोडी बाँध्न, नवीन रोजगारीका लागि प्रयास गर्न तथा नयाँ सन्तानको योजना बनाउन समय राम्रो छ । पुराना जोडीको जीवनसाथीको स्वास्थ्यस्थितिमा समस्या हुने तथा उतारचढाव आउने समय छ । कुनै चिरफारजन्य रोगको सम्भावनासमेत देखिन्छ । पतिपत्नीमा विनाकारण मतभेद र झैझगडाको परिस्थिति सिर्जना हुनेछ । घरायसी वादविवाद र झैझगडाले तनाव बढाउने भएकाले बोलीवचन र व्यवहारमा संयमता अपनाउनु ठीक हुन्छ । विद्यार्थीहरूमा महत्त्वाकाङ्क्षा र अधिक आत्मविश्वासका कारण निराशा उत्पन्न हुने सम्भावना छ ।

पढाइमा लगनशील भै निरन्तरता दिनु जरुरी छ । सन्ततिको आचरण एवं रोगव्याधि चिन्ता बढाउने विषय बन्नसक्छन् । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । दाजुभाइ तथा दिदीबहिनीहरुसँग सहयोग आदानप्रदान हुनसक्छ । जग्गाजमिन, घरघडेरी वा कुनै स्थिर सम्पत्ति जोड्ने योग छ । मातापिताको स्वास्थ्यस्थितिमा उतारचढाव आउनेछ । व्यवसायीहरूका लागि समय राम्रो रहनेछ, नोकरीमा पनि उन्नति हुनेछ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया