नेपाल टी–२० लिगमा पोखराको दोस्रो जित
काठमाडौं । कीर्तिपुरमा जारी नेपाल टी–२० लिगको सोमबारको पहिलो खेलमा पोखरा एभेन्जरले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गरेको छ । यो पोखराको दोस्रो जित हो ।
१६५ रनको विजयी लक्ष्य पछ्याएको पोखराले बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । उनका लागि सुमित महर्जनले सर्वाधिक ७६ रन बनाए । ५२ बलको सामना गरेका उनले ३ छक्का र ७ चौका प्रहार गरे ।
यस्तै, उपुल थरङ्गा ५८, आरिफ शेख ७, आशिफ शेख शुन्य र सिद्धान्त लोहनी ३ रनमै आउट हुँदा कुशल मल्ल र सिद्धान्त लोहनीले अविजित रहँदै क्रमशः १४ र ० रन बनाए । बलिङतर्फ काठमाडौंका कमल ऐरीले तीन तथा अनिल खरेल र अभिनाश बोहराले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनायो । उसका लागि एलेक्स ब्ल्याकीले ६४, सुनम गौतमले ४५, विरान्दीप सिंहले ३२ र रायन ब्रुलले अविजित रहँदै १० रन जोडे। अजमतुल्लाह ओमारजाइ ३ रनमा आउट हुुँदा लोकश बम ४ रन खेल्दै नटआउट रहे ।
बलिङतर्फ पोखराका तुल थापाले दुई तथा कुशल मल्ल र प्रतिश जिसीले एक–एक विकेट लिए । जितसँगै पोखरा ७ खेलमा दुईमा जित निकाल्दै पोखरा अंकतालिकाको चौथो स्थानमा छ । पाँच खेल खेलको पराजित काठमाडौं ३ खेलमा जितसँगै तेस्रो स्थानमा छ ।
तालिकाको पहिलो स्थानमा लुम्बिनी अलस्टार १२ अंकसहित रहँदा जकपुर रोयल्स ८ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया