खुलामञ्च जोगाउन माग गर्ने स्थानीयले बुझाए ज्ञापनपत्र
नेपालखोज
२०७९ पुष १८ गते १४:१६
काठमाडौं । खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
प्रदर्शनपछि उनीहरुले उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीयबासी र संरक्षण अभियान्तालाई मेयर बालेन्द्र साह (बालेन)ले समय नदिएपछि उपमेयर डंगोललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले सार्वजनिक जग्गा सरक्षण गर्नुपर्ने कुरामा दुई मत नरहेको बताइन् । ज्ञापनपत्र दिन पुगेका पूर्वमन्त्री तथा कांग्रेस नेता भिमसेन प्रधानले टुडिँखेल र खुल्ला मञ्च भूमिगत पानीको ‘रिजार्ज सेन्टर’ भएकोले मास्न नहुने बताए ।
सम्पदाप्रेमीहरुले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया