यी व्यक्ति चिन्नेलाई ५० हजार पुरस्कार पाइने !
काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत पुस ६ गते वेबसाइटमा राखेको सूचना अनुसार तोकिएको व्यक्ति चिने पुरस्कार पाइने भएको छ ।
फोटोसमेत राखिएको उक्त सूचनामा करिब ३५/४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरूषलाई कसैले देखे वा पहिचान गरेमा खबर गर्न भनिएको छ । ती व्यक्तिलाई पहिचान गरी सबैभन्दा पहिले खबर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने अख्तियारकोे सूचनामा उल्लेख छ ।
अख्तियारले सिसीक्यामेरा फुटेजबाट लिइएका शंकास्पद व्यक्तिका दुई तस्बिरसमेत समावेश गरी सूचना निकालेको हो । अख्तियारले यी व्यक्तिलाई सार्वजनिक सूचना नै जारी गरेर खोज्नुको कारण भने भ्रष्टाचार अपराधको अनुसन्धानका लागि हो । यी व्यक्तिविरूद्ध त्रिभुवन विश्वविद्यालयबाट करिब २६ लाख रूपैयाँ ठगी गरेको आरोपमा भ्रष्टाचार मुद्दा छ । उनको नाम खुलाइएको छैन ।
त्रिविले लिने परीक्षाका उत्तरपुस्तिका परीक्षण गरेको नक्कली कागजपत्र बनाएर उनले त्रिविको खातामा रहेको २६ लाखभन्दा बढी रकम काठमाडौंका बैंकबाट झिकेको भन्दै अख्तियारमा मुद्दा परेको थियो । यो घटना २०७५ सालअघिको हो ।
प्रतिक्रिया