शनिबार, वैशाख १५, २०८१

बलिउडमा कोरियन चलचित्रको रिमेक

नेपालखोज २०८० जेठ २४ गते १५:२९

काठमाडाैं । दिशा पटानी र सलमान खान स्टारर फिल्म राधे कोरियन फिल्म द आउटलाजको रिमेक हो । रणवीर कपूर, इलियाना डिक्रूज तथा प्रियंका चोपडा स्टारर फिल्म बर्फी कोरियन फिल्म लभर्स कन्सर्टको रिमेक थियो ।

सलमान खान तथा कट्रिना कैफ स्टारर फिल्म भारत कोरियन फिल्म ओथ टु माई फादरको रिमेक हो । सिद्धार्थ कपूर, रितेश देशमुख तथा श्रद्धा कपूर स्टारर एक था भिलेन कोरियन फिल्म आई सो द डेभिलको रिमेक हो ।

अमिताभ बच्चन र नवाजुद्दीन सिद्दीकी स्टारर टि३ कोरियन फिल्म मोन्टेजको रिमेक हो । जोन अब्राहम स्टारर रकी ह्यान्डसम कोरियाली फिल्म द म्यान फ्रम नोवेयरको रिमेक हो ।

अक्षय कुमार र एमी ज्याक्सन स्टारर फिल्म सिंह इज ब्लिङ कोरियाली फिल्म वाइफ इज अ ग्याङ्स्टरको रिमेक हो। मृणाल ठाकुर तथा कार्तिक आर्यन स्टारर फिल्म धमाका कोरियन फिल्म द टेरर लाइभको रिमेक हो।

प्रतिक्रिया