सतुंगलमा एटीएम फोडने प्रयास

नेपालखोज २०७९ पुष १८ गते १५:११

काठमाडौं । काठमाडौंको सतुंगलमा एटीएम फोडेर पैसा निकाल्न लागेका एकजना पक्राउ परेका छन् ।

चन्द्रागिरी-११ स्थित एनआईसी एसिया बैंकको एटीएम फोडिरहेको अवस्थामा प्रकाश मगरलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

काठमाडौं प्रहरीका अनुसार २८ वर्षीय मगर दाङको तुलसीपुर उपमहानगरपालिका-७ का बासिन्दा हुन ।

प्रतिक्रिया