बिहीबार, जेठ २, २०८२

आर्मीलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा

नेपालखोज २०७९ पुष १८ गते १७:११

कास्की । सङ्कटा फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सोमवार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई दुई–एक गोलले हराएर सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सङ्कटालाई जिताउन मेसुके र सुरज ज्यु ठकुरीले एक/एक गोल गरे । त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

मंगलबारको खेल मनाङ मस्याङदी क्बल र भुट्निज क्बलका बिच हुनेछ । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया