‘कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ’

नेपालखोज २०७९ पुष १८ गते १७:४०

काठमाडौं । कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला झापा धुलाबारी न.पा. वडा.नं १० सुगमटोल घर भइ हाल किर्तिपुर न.पा.बडा नं. १६ बस्दै आएका ३२ बर्षिय हेमसागर भण्डारी पक्राउ परेका हुन् ।

भण्डारीले समिर तामाङलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु, कतार पुगेपछि प्रतिष्ठित कम्पनिमा काम लगाईदिन्छु मासिक १ लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रलोबनमा पारि निज पीडितबाट १ लाख ७२ हजार रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले उनी पक्राउ गरेको छ। उनलाई आइतबार ३ बजे का. जि. मा. म. न. पा. वडा नं १० नयाँ बानेश्वरबाट पक्राउ गरी थाप अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार बिभाग बुद्धनगर पठाइएको छ ।

प्रतिक्रिया